Connect with us
Kapilvast Forest

आज नेकपा सचिवालय बैठक बस्दै

२०७७, २८ कार्तिक शुक्रबारमा प्रकाशित

काठमाडौं -सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमति दिएसँगै महासचिव विष्णु पौडेलले आज अपराह्न बस्ने गरि बैठक बोलाउनु भएको हो । बैठक अपरान्ह ४ बजे बस्ने बताइएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले बैठकका बोलाउन माग गर्दै आउनु भएको थियो । तर प्रधानमन्त्री ओलीले बहुमतको आडमा आफुलाई पेल्न खोजेको भन्दै सचिवालय बैठक बोलाउन अस्विकार गर्दै आउनु भएको थियो ।

प्रधानमन्त्री ओलीले बैठक बोलाउन आनाकानी गरेपछि प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबार लिखितपत्र दिएरै बैठकको माग गर्नु भएको थियो ।

प्रचण्ड–नेपाल समूहले हिजो बैठक राख्नका लागि सहमति दिन ओलीलाई आग्रह गर्नु भएको थियो । सहमत नभए कार्यकारी अध्यक्षको हैसियतमा आफैले सचिवालय बैठक बोलाउने प्रचण्डले तयारी गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,