Connect with us
Kapilvast Forest

नक्कली नोट र छाप्‍ने मेशिनसहित तीन जना पक्राउ

२०७७, २८ कार्तिक शुक्रबारमा प्रकाशित

सिरहा- सिरहाको गोलबजार नगरपालिका -६ स्थित लामाटोलबाट नेपाली नक्कली नोट सहित प्रहरीले तीन जना पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कर्यालय गोलबजार र सशस्त्र प्रहरी वेसक्याम्प गोलबजारको समुक्त टोलिले एक हजार दरको ६ लाख ८४ हजार नक्कली नोट सहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोलबजार नपा १२ वेतौनाका २५ पर्षिय धिरज राय , २० वर्षिय सञ्जय राय र कल्याणपुर नपा ७ का २४ वर्षिय विमलेन्द्र नायक हुन ।

पक्राउ परेका तीनै जना असोज २१ गतेबाट गोलबजार नपा ६ को लामाटोलका वीरेन्द्र महतोको घरमा भाडामा वस्दै आएका थिए ।

विशेष सुचनाको आधारमा त्यहाँ पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सम्युक्त टोलिले वडा अध्यक्ष बसन्त लामाको उपस्थितीमा खान तलासी गरेको सशस्त्र प्रहरी बल ७ नम्बर गण सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र गिरिले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरुको डेराबाट ३ थान मोवाईल, १ थान ल्यापटक, १ थान कलर प्रिन्टर र कागज काट्न प्रयोग गरिने चक्कु समेत थान बरामद गरेको छ ।

प्रहरीका अनुसार ३ लाख नक्कली नोट पूर्णरुपमा तयारी अवस्थामा र ३ लाख ८४ हजार फोटोकपी पेपरमा प्रिन्ट गरी काट्न वाँकी रहेको अवस्थामा बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहा मातहतका इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल ७ नम्बर गण सिरहा मातहतमा रहेको सशस्त्र बेस क्याम्प गोलबजारको संयुक्त टोलिले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले अहिले पत्रकार सम्मेलन गरी सवै विषय सार्वजनिक गर्ने जनाएको छ । ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,