Connect with us
Kapilvast Forest

काठमाडौं महानगरपालिकाले रोजगारी दिने

२०७७, २८ कार्तिक शुक्रबारमा प्रकाशित

kathmandu-mahanagar

काठमाडौं – काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड १९) को कारण रोजगारी गुमाइ बेरोजगार भएकाहरुलाई रोजगारी दिने भएको छ । महामारीको कारण रोजगारी गुमाएकाहरुलाई रोजगारी दिने भन्दै महानगरपालिकाले आफू बसेको वडा कार्यालयमा सम्पर्क राख्नका लागि समेत आग्रह गरेको छ ।

महानगरपालिकाले एक सूचना सार्वजनिक गर्दै महानगरबासीहरुलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ बमोजिम रोजगारी उपलब्ध गराउन लागिएको जनाएको छ ।

त्यस्तै असहाय, अशक्त तथा शारीरिक रुपमा काम गर्न नसक्नेहरुलाई भने खान, बस्न र स्वास्थ्य उपचारका लागि मानव सेवा आश्रममा व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले त्यस्ता व्यक्तिहरुले नजिकका वडा कार्यालयमा वा सीधै मानव सेवा आश्रममा सम्पर्क गर्न सक्ने महानगरपालिकाले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,