Connect with us
Kapilvast Forest

अमेरिकामा चुनावको नतिजा स्वीकार गर्न डेमोक्रेटिक पार्टीको आग्रह

२०७७, २८ कार्तिक शुक्रबारमा प्रकाशित

widen

एजेन्सी – अमेरिकामा डेमोक्रेटिक दलले रिपब्लिकन पार्टीका नेताहरूलाई चुनावको नतिजा स्वीकार गर्न आग्रह गरेका छन् ।डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता सभामुख न्यान्सी पेलोसी र सिनेट भनिने माथिल्लो सदनका नेता चक सुमरले रिपब्लिकन पार्टीका नेताहरूलाई मत परिणाम स्वीकार गर्न र कोरोना भाइरसका कारण उत्पन्न सङ्कटसँग जुझ्ने विषयमा सहयोग गर्न आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।

अमेरिकी चुनावपछिको पहिलो टेलिभिजन सम्बोधनका क्रममा पेलोसीले सङ्क्रमणको बढ्दो दर र ज्यान जानेको सङ्ख्यालगायतका विषयलाई प्राथमिकताका साथ उठाउनुभएको थियो । अमेरिकामा लगातार आठ दिनसम्म कोरोना भाइरस सङ्क्रमणका नयाँ घटना दैनिक एक लाखभन्दा बढीले थपिएको विषयलाई पनि उहाँले उठाउनुभएको थियो ।

उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकन दलले सङ्कटलाई ‘बेवास्ता गर्दै’ चुनावमा नचाहिँदो रूपमा विवाद गरेको आरोप लगाउनुभएको छ । सुमरले आर्थिक र स्वास्थ्य सङ्कटलाई सल्टाउन डेमोक्रेटिक दललाई सहयोग गर्न रिपब्लिकनहरूलाई आग्रह गर्नुभएको छ ।

अमेरिकामा कोभिड-१९ बाट सङ्क्रमित हुनेहरूको सङ्ख्या १ करोड नाघेको छ । पछिल्लो तथ्याङ्कअनुसार त्यहाँ १ करोड ५ लाख १३ हजार ६८ जना सङ्क्रमित भएका छन । अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएको भए पनि डोनाल्ड ट्रम्पले अहिलेसमम्म हार स्वीकार गर्नुभएको छैन ।मतगणनामा समस्या देखिएको सङ्केत गर्दै उहाँले कानुनी बाटो रोज्ने बताउँदै आउनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,