Connect with us
Kapilvast Forest

विप्लवसहितको गठबन्धनले सातै प्रदेशमा प्रदर्शन गर्ने

२०७७, २८ कार्तिक शुक्रबारमा प्रकाशित

काठमाडौं-भूमिगत अबस्थामा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितको गठबन्धनले सातै प्रदेशमा प्रदर्शन गर्ने भएको छ ।मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)सहित उखु किसानको बक्यौतालाई लिएर विप्लव समूह सहितका सत्ता बाहिर रहेका २१ दलीय गठबन्धनले विरोध प्रदर्शन गर्ने भएको हो ।

एमसिसी खारेज हुनुपर्ने, भारतले अतिक्रमित गरी कब्जा गरेको कालापानी, लिम्पियाधुरा, लिपुलेक, महेशपुर क्षेत्र फिर्ता गर्नुपर्ने, कोरोना उपचार र परीक्षण निःशुल्क गर्नुपर्ने, तराईका उखु किसानको बक्यौता रकम तुरुन्त दिलाउनुपर्ने माग राख्दै विरोध प्रदर्शन गर्ने भएकाहोे । यी विषयलाई लिएर गठबन्धनले सातै प्रदेशका एकरएक ठाउँमा प्रदर्शन गर्ने निर्णय गरेको छ।

गत बिहीबार बसेको गठबन्धनको बैठकले मंसिर ७ गते काठमाडौंको माईतीघरमा प्रदर्शन गर्ने निर्णय गरेको हो।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,