Connect with us
Kapilvast Forest

अमेरिकाले नेपाललाई दियो १०० भेन्टिलेटर

२०७७, २८ कार्तिक शुक्रबारमा प्रकाशित

काठमाडौं-कोभिड १९ विरुद्धको लडाइँमा सहयोग पुर्‍याउन अमेरिकी सरकारले नेपाललाई एक सयथान भेन्टिलेटर सहयोग गरेको छ ।अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग ९यूएसआईडी० मार्फत नेपाललाई भेन्टिलेटर सहयोग गरेको हो । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गर्नु भएको हो ।

भेन्टिलेटर हस्तान्तरणपछि राजदूत बेरीले असल र खराब सबै समयमा अमेरिका नेपालसँग साझेदारी गर्न प्रतिबद्ध रहेको बताउनु भयो । अति दुर्गम क्षेत्रका समुदायको उपचारमा समेत प्राप्त भेन्टिलेटरले सहयोग पुर्‍याउने उहाँले बताउनु भयो । ७० वर्षभन्दा लामो समयदेखि विपत्, द्वन्द्व र कठिन अवस्थामा अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै उनले सहकार्यलाई निरन्तरता दिन कोरोना महामारीको समयमा पनि सहयोग गरेको बताउनु ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिडविरुद्धको लडाइँका लागि जनधनको सुरक्षा गर्न अमेरिकाले सुरुवाती चरणबाटै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै अहिले ठूलो संख्यामा भेन्टिलेटर सहयोग गरेको प्रति धन्यवाद ज्ञापन गर्नु भयो । उनले प्राप्त भेन्टिलेटर शुक्रबारबाटै विरतण सुरु गरिएको पनि बताउनु भयो । सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलालाई ७र७ वटाका दरले वितरण गरिने र बाँकी रहेको भेन्टिलेटरहरु हरेक सरकारी अस्पताललाई दुई(दुईवटाका दरले वितरण गरिने उहाँले बताउनु भयो ।

भेन्टिलेटरका अतिरिक्त यूएसआईडीले देशका ११३ पालिकामा संक्रमण अनुसन्धान टोलीलाई सहयोग गरेको छ । अहिलेसम्म २० लाख परिवारलाई टेलिफोनमार्फत परामर्शसमेत दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,