Connect with us
Kapilvast Forest

चन्द्रगढी विमानस्थल विस्तारको काम छिटै हुन्छ : मन्त्री भट्टराई

२०७७, २८ कार्तिक शुक्रबारमा प्रकाशित

झापा – एक हप्ता लामो गृह जिल्ला ताप्लेजुङ्ग बसेर शुक्रबार काठमाडौं फर्किन झापाको चन्द्रगढी विमानस्थल हुँदै आएका पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल सरकारले घोषणा गरेका स्वास्थ्यसम्बन्धी मापदण्डहरुको पालना गर्दै अबका दिनमा लामो समय थला परेको पर्यटन क्षेत्र उठ्ने बताउनु भएको छ ।

महिनाको १० अर्ब जति पर्यटन क्षेत्रमा घाटा भएको उहाँदे बताउनु भयो । यो अवधिमा १ खर्ब पर्यटन क्षेत्रले गुमाएको छ ।’ हिमाल आरोहण, पदयात्रा, होटल र होमस्टेहरु खुलिसकेको जानकारी दिँदै मन्त्री भट्टराईले अहिलेको अवस्थामा होसियारीका साथ आन्तरिक पर्यटनमा जोड दिनुपर्ने बताउनु भयो । मन्त्री भट्टराईले विदेशी नागरीकहरुलाई पनि नेपाल आवागमनका निमित्त पर्यटक भिसा खुल्ला गर्ने तयारी पनि पुरा भएको बताउनु भयो ।

मन्त्री भट्टराईले भन्नु भयो ५० अर्बको पुनोरुत्थान कोष सरकारले खडा गरेको छ । त्यही कोषका माध्यम बाट थला परेका पर्यटन व्यावसायीले पर्यटन क्षेत्रलाई उठाउन थप सहयोग पुग्ने उहाँले बताउनु भयो

मन्त्री भट्टराइले शुक्रबार बिहानै झापाकै केचनासम्म पुगेर मन्त्री भट्टराईले नेपालकै होचो भुभाग भनेर चिनिएको केचनाको गुरुयोजनाका बारेमा चासो देखाएको बताउँदै केचनालाई चिनाउनका निमित्त सरकारी तवरबाट विशेष पहल गर्ने जानकारी दिनु भयो ।

मन्त्री भट्टराईले चन्द्रगढी विमानस्थलको मास्टर प्लान र विस्तारका बारेमा बोल्दै मन्त्री भट्टराईले  मास्टर प्लानको प्रक्रिया सकियसँगै विमानस्थल विस्तारको काम पनि छिटै सुरु हुने बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,