Connect with us
Kapilvast Forest

प्रदेशको गौरवको आयोजना शिलान्यास

२०७७, २८ कार्तिक शुक्रबारमा प्रकाशित

city
प्रतिनिधिमुलक तस्विर

काठमाडौं – गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको शालिग्राम कोरिडोरको शिलान्यास गरिएको छ । घिरिङको बैदीदेखि देवघाटसम्म जोडिने शालिग्राम कोरिडोरको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गर्नु भएको हो ।

बैदीलाई शून्य विन्दु मानेर सोही ठाउँबाट सडक निर्माणको शिलान्यास गरिएको छ । शालिग्राम कोरिडोरलाई प्रदेश सरकारले गौरवको योजनाको रुपमा सूचीकृत गरेकाले कोरिडोर निर्माण सम्पन्न भएपश्चात् यस क्षेत्रकै विकासका ढोका खुल्ने मन्त्री गुरुङले बताउनु भयो । देवघाट र मुक्तिनाथलाई जोड्ने उद्देश्यले प्रदेश सरकारले शालिग्राम कोरिडोरलाई विकास गर्न लागेको उहाँको भनाइ छ ।

सो अवसरमा घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले शालिग्राम कोरिडोरले घिरिङको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । विसं २०७६ फागुन ११ गते सम्झौता भएको सो कोरिडोरको काम २०७९ फागुन ११ गतेसम्म सम्पन्न गर्ने म्याद रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनु भयो ।

२५ करोड आठ लाख ७३ हजार ५१३ लागत रहेको सो परियोजनाको ठेक्का धुलिखेलस्थित खड्का कृष्ण पिके जेभीले पाएको छ । सोकम्पनीले कोरिडोरमा कटिङ, कल्भर्ट निर्माण, कजवे, ग्याबिनलगायतका काम गर्नेछ । कोरिडोरको ३८ करोड ९६ लाख लागत अनुमान गरिएपनि १३ करोड कममा ठेक्का लागेको हो ।

यसैबीच सोही मार्गमा रहेको दुपर्दी खोलामा पनि पक्की पुल निर्माण शुरु भएको छ । मन्त्री गुरुङले पुलको पनि शिलान्यास गर्नु भयो । तीन करोड ८३ लाखको लागतमा पक्की पुल निर्माण हुन लागेको हो । विसं २०७७ वैशाख २२ गते सम्झौता भएको पुल २०७८ वैशाख २० गतेसम्म सम्पन्न गर्ने म्याद रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख ढुङ्गानाले जानकारी दिनु भयो । सो पुल निर्माणको ठेक्का पराजुली कन्स्ट्रक्सन प्रालि लमजुङले पाएको छ । पुल २० मिटर लामो हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,