Connect with us
Kapilvast Forest

जन्मोत्सवको अवसरमा हास्य कलाकार हरिवंशद्वारा विद्यालय उद्घाटन

२०७७, २८ कार्तिक शुक्रबारमा प्रकाशित

भक्तपुर -बरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले हिजो आफ्नो ६३ औं जन्मोत्सव फरक किसिमले मनाउनु भएको छ। उहाँले अटिज्म रोग लागेका व्यक्तिहरुलाई पुनस्र्थापना गर्नका लागि बनेको नेपालकै पहिलो भवन उद्घाटन गरि हस्तान्तरण गरेर आफ्नो जन्मदिन मनाउनु भएको हो ।

सिंगापुर रेडक्रस सिंगापुरको सहयोगमा ‘प्रारम्भ’ सामाजिक संस्था ललितपुरद्वारा निर्मित विशेष स्कुल तथा पुर्नस्थापना केन्द्र काठमाडौंद्वारा सञ्चालित रहेको छ । कार्यक्रममा कलाकार हरिवंश आचार्य, गायिका आनी छोईङ डोल्मा, सिंगापुर रेडक्रसका तर्फबाट नेपाल प्रतिनिधि कल्पना क्षेत्री, प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिनालगायको उपस्थिति रहेको थियो ।

स्कुल तथा पुर्नस्थापना केन्द्र काठमाडौं तथा प्रारम्भ एसएसडिआरसी स्कुलकी अध्यक्ष सबिता उप्रेतीलाई नवनिर्मित भवन हस्तान्तरण समेत गरिएको हो ।कुल ९३ लाख रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले कार्यक्रममा जानकारी गराउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,