Connect with us
Kapilvast Forest

अफगानिस्तानकाे बम विस्फोटमा पत्रकारको निधन

२०७७, २८ कार्तिक शुक्रबारमा प्रकाशित

एजेन्सी-काबुलकाे बम विस्फोटमा एकहप्ताअघि एक पत्रकारले ज्यान गुमाए । बिहीबार फेरि अफगानिस्तानकाे दक्षिणी हेल्मन्ड प्रान्तमा भएकाे बम विस्फोटबाट अर्का एक रेडियो पत्रकारको ज्यान गएको छ ।

प्रहरीका अनुसार हेल्मन्डको रेडियो आजादीमा कार्यरत संवाददाता एल्यास डाईको बम विस्फोटमा मृत्यु भएको हो । अफगानिस्तानका संचारकर्मीहरुले दुबै घटना स्वतन्त्र पत्रकारिताका विरोधी समूहबाट भएको बताएका छन् ।

हेल्मन्डका पत्रकार जावेद तनविरले दुबै घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न व्यक्तिहरु स्वतन्त्र प्रेस विरोधी रहेको बताएका थिए ।नोभेम्बर ७ मा काबुलमा समाचार प्रस्तोता यामा सियावाशको माक्रोरायान–ए–चर इलाकामा बम विस्फोटमा ज्यान गएको थियो ।

उक्त बम विस्फोटमा सियावाश सहित अरु दुई व्यक्ति मारिएका थिए । उनीहरु अफगान केन्द्रीय बैंकको एउटा सवारी साधनमा सवार थिए ।अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानसँग अफगान सरकारको शान्तिवार्ता भइरहे पनि अफगानिस्तानमा हिंसात्मक घटनाहरुमा कमी आएको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,