Connect with us
Kapilvast Forest

कपिलवस्तुमा अपांगता परिचय पत्रको माग गर्दै धर्ना र प्रर्दशन

२०७७, २८ कार्तिक शुक्रबारमा प्रकाशित

mayadevi_pardasan_kapilvastuकपिलवस्तु-अपांगता परिचय पत्र तत्कालै बितरण गर्नु पर्ने माग गर्दै कपिलवस्तुको मायादेबी गाउपालिकामा शुक्रवार दिउसो धर्ना र प्रर्दशन गरिएको छ ।

लुम्बिनी अपांगता विकास केन्द्रको अगुवाई फरक क्षमता भएका ब्यक्तिहरुले पालिकाको पकडी स्थित कार्यालयमा एक घन्टा धर्ना र प्रर्दशन दिएका हुन । उनीहरुले अपांगता परिचय पत्र चाडै उपलबध हुनु पर्ने, कार्यबिधि चाडै बनाउनु पर्ने लगायतका नारा समेत लगाएका थिए ।

धर्ना पछि उनीहरुले गाउपालिका उपाध्यक्ष गीता तिवारीलाई ज्ञापन पत्र समेत बुझाएका थिए । बिगत साढे ३ बर्ष देखि पालिकामा अपांगता परिचय पत्र दिइएको छैन ।

लामो सयम देखि अपांगता परिचय पत्र बितरण नहुदा फरक क्षमता भएका ब्यक्तिहरु सरकारी सेवा सुबधिबाट बंचित हुनु परेको विकास केन्द्रका अध्यक्ष ओरीराम चौरसियाले बताउनुभयो। ‘गाउपालिको अपांग समन्वय समिति निस्कृय छ र गैर अपांग ब्यक्तिको पहुचमा छ ’ उहाँले भन्नुभयो ‘ कर्मचारी र स्वास्थ्यकर्मीैका अभाव देखाउदै शिबिर गर्ने निहुमा अपांगहरुको पहिचान खोसिदै छ ’ । उहाँले अपांगता परिचय पत्र बितरणकालागि चाडै ढोका खोलिनु पर्ने बताउनुभयो ।

गाउपालिका प्रमुख बजरंगी चौधरीले बिभिन्न कारणले अपांगता परिचय पत्र बितरण गर्न नसकिएको स्विकार गर्नु भयोे । उहाँले अपांगता परिचय पत्र बितरणकालागि ठोस कदम चालिने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,