Connect with us
Kapilvast Forest

गुणस्तरीय आयुर्वेद सेवाका लागि देशभर धवन्तरी जयन्ती मनाइयो

२०७७, २८ कार्तिक शुक्रबारमा प्रकाशित

कपिलवस्तु-गुणस्तरीय आयुर्वेद सेवाका लागि गुणस्तरीय आयुर्वेद औषधी भन्ने मुल नाराका साथ आज देशभर नै राष्ट्रिय आरोग्य दिवस तथा धवन्तरी जयन्ती २०७७ मनाइएको छ । खास गरि आयुर्वेद चिकित्सा ब्यावसायसग सम्बन्धित चिकित्सक ब्यावसायी शुभेच्छुक सबैले आज आयुर्वेदका जननी धवन्तरीको पुजाआजा गर्दै सुखायु दिर्घायुको कामना गरि मनाएका छन् ।यसैक्रममा नेपाल आयुर्वेद औषधी ब्यावसायी संघ कपिलवस्तु शाखाको आयोजनामा कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कपिलधाममा राष्ट्रिय आरोग्य दिवस तथा धवन्तरी जयन्ती मनाउने कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै बाणगंगा नगरपालिका वडानम्बर ९ का वडा अध्यक्ष ध्रुब बेल्वासेले अहिलेको यो विषम परिस्थितिमा आयुर्वेद औषधीले मानव जगतलाई धेरै राहत दिएको र राज्यले यस क्षेत्रमा बिशेष लगानी गर्नुपर्नेमा जोड दिनु भएको थियो । आयुर्वेद र आधुनिक चिकित्सा बिधिलाई एकीकृत गर्दै रोग अनुसारको उपचार विधि अगाल्नु पर्ने कुरा नेपाल औषधी ब्यावसायी संघ कपिलवस्तुका अध्यक्ष डाक्टर धर्मराज भट्टराईले बताउनु भयो ।

कार्यक्रममा बरिस्ठ योग गुरु तथा कपिल स्वास्थ्य केन्द्रका संस्थापक आत्मराम आचार्यले कविताको माध्यमबाट योग आयुर्वेदका विभिन्न पक्षमा बोल्नुभएको थियो ।कार्यक्रममा कपिलधाम कपिलवस्तुका अध्यक्ष शंकरप्रसाद आचार्यले यश क्षेत्र जडिबुटीको भण्डार भएकोले आगामी दिनमा जडिबुटी भण्डारण प्रसोधन अनुसन्धान जस्ता कार्यका लागि कपिलधामले आवश्यक्ता अनुसारको हल, जडिबुटी बगैंचा आदी सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।

कार्यक्रममा नेपाल फार्मेसी संघका केन्द्रीय सदस्य रमेश खनाल मेलान कपिलवस्तु अध्यक्ष गोपाल खनाल लुम्बिनी पर्यटन बिकास समिति सदस्य पोमनारायण पौडेल कपिलमुनी सामाजिक बिकास संस्थाका अध्यक्ष दुर्गा केसी आयुर्वेद चिकित्सक डाक्टर लक्ष्मी भुसाल साना किसान सहकारी संस्थाका अध्यक्ष कुमार मधु बेल्वासे लगायतले बर्तमान अवस्थामा आयुर्वेद सेवा तथा औषधीको महत्त्वका बिषयमा बोल्नुभएको थियो

। कार्यक्रममा नाथुराम चौधरीले स्वागत गर्नुभएको थियो भने कार्यक्रम संचालन संघका जिल्ला सचिव बैधराज दिपक पन्थीले गर्नुुभएको थियो । सो कार्यक्रम जिल्ला अध्यक्ष गोपाल बन्जाडेको अध्यक्ष्तामा सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,