Connect with us
Kapilvast Forest

माटाका भाँडाकुडा बनाउने कोहार र कसघड जातिको पेशा संकटमा

२०७७, २८ कार्तिक शुक्रबारमा प्रकाशित

माटाका भाँडाकुडा बनाउने कोहार र कसघड जातिको पुख्यौली पेशा संकटमा

कपिलवस्तु-कपिलवस्तु नगरपालिका–२ रमतलहाका भोला कोहारको जीवन माटोले धाानिएको छ ।

उनले माटो संग खेलेको ४ दशक बढी भयो । तिहारमा बढी बिक्री हुने भएकाले ५८ वर्षे उनी अहिले घरमा बनाएका माटाका सामाग्री बेच्न ब्यस्त छन । कोरोना भाईरसका कारण लामो लकडाउनले बेचर्खी बनेका उनी तिहारमा समते  न्युन मात्रामा बिक्री भए पछि निराश भएका छन ।

उनी चार्डपर्व आउदा साथ महिना डेढ दुई महिना माटोको कला सृजनामै व्यस्त हुन्छन्, राम्रो भाडाकुडा बनाउछन् । १५ वर्षको उमेरबाटै माटोकै भाडाकुडा बनाउदै आएका उनले भने व्यापार दिनानु दिन खस्कदो छ । चुलौचोकोकै समस्या हुन थालेकोछ । माटाका भाडाकुडा बनाउने कोहार समुदायको पेशा संकटमा परकोछ । जिललामा हिन्दुहरुको कोहार र मुस्लिमहरुको कसघड जातिले माटाका भाडाहरु बनाउने गर्छन । उनीहरुको यही पुख्यौली पेशा हो ।

‘ बिगतमा माटाका सामाग्रीहरु बढी बिक्री हुन्थ्यो तर अहिले ती दिनहरु गए ’ भोलाले निराश हुदै भने ‘ रेडीमेट प्लाष्टिको सामानमा आकषर्ण बढे पछि अहिले परिवारको गुजारा चलाउन पनि मुस्लिक भएको छ ’ । ‘अरु बेला खासै बिक्री नभएपनि चार्डबार्डले भ्याई नभ्याई हुन्थ्यो’ उनले भने, ‘तर आजभोली व्यापार छैन् ।’ ‘माटोका भाडाका राम्रो व्यापार व्यवसाय नहुदा घर खर्च टार्न पनि गाहैं हुन थालेको दुखेसो गरे ।’

 माटfका भाFडाकुडा agfpg] कोहार र कसघड जातिको पुख्यौली पेशा संकटमा

भाडाकुडा बिक्री हुन छोडेपछि कोहार समुदायलाई पुख्यौली पेशा जोगाई राख्न सकश भएकोले उनी चिन्तित छन् । ७ जनाको परिवार जेनतेन पालेको छु उनले भने । ‘ तर अब जवानी विताएको पेशामा टिकिराख्न गाहैं छ ’ उनले भने ।माटोका सामाग्री बनाउन कोचो माटोको जोहो गर्न पनि गाह्रो हुने गरेको उनले बताए । ‘ पहिलो नजिकैको पोखरीमा पाईथ्यो अहिले टाढा टढा जानु पर्छ ’ उनले भने ।

काचो माटोबाट बनाएको सामाग्रलाई घामा सुकाउने अनी आगोमा पाले पछि बल्ल माटोका सामागी बन्ने गर्छछ । तर त्यति मिहीनेत र परिश्रमले बनाएको सामाग्री बेच्नेलाई पनि हम्मे हम्मे पर्ने गरेको उनले गुनासो गरे । ४ वर्ष अघि सम्म दशैं तिहारको बेला माटोका भाडाकुडा बेचेर ४० देखि ५० हजार कमाई हुन्थ्यो उनले भने । तर यो वर्ष मुस्किलले ९ हजारको पनि ब्यापार नभएको उनले बताए ।

उनले माटो भाडकुडा दियो, खुत्रुके, चुल्हे, गमला, हाडी, गिलास र गाग्री बनाउन गजबको सृजना गर्छन् ।उनी मात्र नभई महुवाका रामकिशोर कोहारलाई पनि उस्तै पिरलोमा छन् । ‘तर पनि यस वर्ष माटाका भाडाकुडा बनाउदैछु’ उनले भने, ‘माटोको राम्रो व्यापार व्यवसाय नहुदा घर खर्च टार्न पनि गाहैं हुन थालेकोछ ।’ माटोको भाडाकुडा बिक्री हुन छोडे पछि कोहार समुदायलाई पुख्यौली पेशा जोगाई राख्न धौधौ बनेको छ ।

प्रविधि विकासले विद्युतीय, प्लास्टिक र अन्य कृत्रिम सामग्री प्रयोग ह्वात्तै बढेको छ । ‘राम्रो चिटिक्क देखिन्छ’ तौलिहवाका अनिल कोहारले भने, ‘पसलै पिच्छे पाईन्छ ।’ सस्तो र सजिलै पाईन्छ उनले भने । पेशा चौपट पारेकोछ । तर सामग्री प्रयोग गर्दा हुने वातावरणीय नोक्सानी तिर कसैले ध्यान दिदैनन् । ‘अब माटोका भाडाकुडा बिक्री गरी बाच्न सकिन्न’ उनले भने, ‘लालाबाला कसरी पढाउने ? ३ दशक देखि भाडाकुडा बेचेर घर गर्जौ चलाउदै आएका उनले भने । पढेको छैन् अब के गर्ने कसो गर्ने चिन्तामा छु ।

विषेश गरी दशैं र तिहारका बेला माटोका भाडाकुडाको माग ह्वात्तै बढछ । गाउसहरका प्रत्येक घरमा पहिले दशैं तिहारमा माटोको दियामा बत्ती बालिन्थ्यो । तर आज भोली माटोको दियो बाल्ने घर कम भईसके । त्यस्तै दशैं तिहारका बेला बालबालिका माटाका भाडकुडामा खेल्दै रमाउथे । ‘दुई तीन साता यहाका माटोका बजार बालबालिकाले नै भरिन्थ्यो’ स्थानीय रामदेब कोहरले भने, ‘अहिले प्लास्टिकको भाडाकुडाले बजार पाउदा बालबालिका बजारै आउन छाडे ।’चार्डपर्व आईसक्दा पनि बत्ती बाल्न प्रयोग गरिने दियो, खुत्रुके, चुल्हे, गमला, हाडी, गिलास र गाग्री लगायतका सामग्रीको माग छैनन् ।

४ वर्ष अघि सम्म माटोको दियो बेचेर ६ जनाको परिवार चलाउदै आएका महुवा गाउका पुन्नवासी कोहारले अब यो पेशाले चुलोचौको थेग्न नसक्ने बताए । ‘प्लाष्टिकको झिलीमीली बत्ती, मैनबत्तीको प्रचलन गा“उसम्म पुग्यो’ उनले भने, ‘माटोका भाडाकुडा दियो बिक्नै छोड्यो ।’ ५ वर्ष अघि सम्म दशैंका तिहारको बेला माटोका भाडाकुडा बेचेर ३५÷४० हजार कमाउन गरेको कपिलवस्तु नगरपालिका–३ कुदानका चिनकु कोहारले बताए । तर यो बर्ष १० हजारको पनि व्यापार गर्न गाहै भएको बताए । ‘प्रदुषण नहुदा स्वास्थ्यका हिसाबले पनि माटोका भाडाकुडा राम्रो हो’ उनले भने, ‘तर जान्दाजान्दै पनि उपभोक्ता प्लाष्टिकका सामान तर्फ नै आर्कषित हुन्छन् ।’

पुख्र्यौली पेशाले जीवन धान्न धौ धौ परेपछि कोहार जातीको पेशा संकटमा परेको छ । पेशा संकटमा परे पछि पुख्यउली पेशा बुढापाकाले सम्हालेको सेमरीका नारद कोहार बताए । युवा भने बैदेशिक रोजगारी र अन्य बैकल्पिक पेशा रोज्न थालेका उनले थपे । तराईमा माटोका भाडाकुडा बनाउने कोहार जाती हुन । राष्ट्रिय जनगणना ०६८ अनुसार यहा करिब ३ सय घरपरिवार कोहार जाती छन् । अधिकान्सले पेशा अंगाल्दै आएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,