Connect with us
Kapilvast Forest

नेपाल बङ्गलादेशसँग २–० ले पराजित

२०७७, २९ कार्तिक शनिबारमा प्रकाशित

एजेन्सी– बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । बङ्गलादेशको ढाकामा शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल बङ्गलादेशसँग २–० गोल अन्तरले पराजित भएको हो ।

खेलको नवौँ मिनेटमा नविद जीवनले गोल गर्दै बङ्गलादेशलाई अग्रता दिलाउनु भएको थियो । पहिलो हाफमा एक गोलको अग्रता लिएको बङ्गलादेशले दोस्रो हाफमा अर्को एक गोल थप्यो । उसका लागि खेलको ८० औँ मिनेटमा महबुबुर रहमानले गोल गर्नु भयो ।

नेपालले अब बङ्गलादेशसँग आउँदो मङ्गलबार दोस्रो मैत्रीपूर्ण फुटबल खेल्ने छ । नेपाली राष्ट्रिय फुटबल टोलीले एक वर्षपछि शुक्रबार प्रतियोगिता खेलेको हो । नेपालले गएको वर्षको नोभेम्बरमा विश्वकप छनोट अन्तर्गत कुवेतसित फुटबल खेलेको थियो । नेपाल त्यो खेलमा कुवेतसित १–० गोलले पराजित भएको थियो ।

कोरोना भाइरसको महामारीका कारण त्यसपछि नेपालले कुनै पनि प्रतियोगिता खेलेको थिएन । महामारीकै बीच नेपालले बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,