Connect with us
Kapilvast Forest

सुर्खेतमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

२०७७, २९ कार्तिक शनिबारमा प्रकाशित

corona

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ निवासी ६० वर्षीय पुरुषको आज बिहान साढे ४ बजे प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार उहाँलाई यही कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसिरहेको बेला श्वासप्रश्वासमा कठिनाइ भएपछि उहाँलाई कात्तिक २४ गते राति साढे १० बजे प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो ।

शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएर उहाँ आज बिहान करिब ४ बजे बेहोस भएका थिए । २५ मिनेटसम्म छाती थिचेर ब्युँताउने प्रयास (सीपीआर) गर्दा पनि नसकिएपछि डाक्टरहरुले मृत घोषणा गरेको हो ।

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या १७ पुगेको जनस्वास्थ्य शाखा प्रमुख कँडेलले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,