Connect with us
Kapilvast Forest

दुर्घटनामा घाइते युवतीको उपचारका क्रममा मृत्यु

२०७७, २९ कार्तिक शनिबारमा प्रकाशित

death

मोरङ- विराटनगर महानगरपालिका– ३ दूधफारम नजिक भएको सवारी दुर्घटनामा घाइते युवतीको उपचारका क्रममा मृत्यु भएको छ ।भारतीय नम्बरको लहरीले अटो टेम्पोलाई ठक्कर दिँदा गत शुक्रबार घाइते भएकी उदयपुर बेल्टारकी १८ वर्षीया विद्या कटवालको नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो ।

सो दुर्घटनामा विराटनगर महानगरपालिका– ३ की पूजा भट्टराईको गत शुक्रबार नै मृत्यु भएको थियो ।अटो चालक विराटनगर – १३ का ४५ वर्षीय वीरबहादुर श्रेष्ठ घाइते हुनु भएको छ ।

सुनसरीको दुहवीतिरबाट आउँदै गरेका एनएल ०२–एन ४४८७ नम्बरको भारतीय लहरीले दुई युवती सवार को २ ह २८१२ नम्बरको अटो टेम्पोलाई दूधफारम नजिकै ठक्कर दिएको थियो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,