Connect with us
Kapilvast Forest

धनुषामा माइत आएकी युवतीमाथि एसिड प्रहार

२०७७, २९ कार्तिक शनिबारमा प्रकाशित

acide attack
प्रतिनिधिमुलक तस्बिर

जनकपुरधाम-जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ जानकी नगरकी एक २६ वर्षीया युवतीमाथि शनिबार बिहान करिब साढे ९ बजेतिर एक युवकले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।

एसिड प्रहारबाट घाइते युवतीलाई अहिले जनकपुरको जानकी हेल्थकेयरमा भर्ना गरिएको छ। उहाँको अनुहार र छातीको भाग एसिड प्रहारका कारण जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिनु भयो ।

एसिड प्रहाले उहाँको शरीरको २० प्रतिशत भाग जलेको , डीएसपी मिश्रले बताउनु भयो ।एसिड प्रहार कसले गरेका हुन् भन्ने अहिलेसम्म खुलेको छैन्।एसिड प्रहार गर्ने व्यक्तिको खोजीकार्य जारी रहेको डीएसपी मिश्रले बताउनु भयो ।

जनकपुरधाम उपमहागरपालिका देवपुरा रुपैठा घर भएकी युवतीलाई घरमै बसेको बेला शनिबार बिहान एसिड प्रहार भएको स्थानीयले बताएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,