Connect with us
Kapilvast Forest

कपिलबस्तुमा लाखौको पटाका बरामद

२०७७, २९ कार्तिक शनिबारमा प्रकाशित

  • ढवराज भट्टराई

कपिलवस्तु -कपिलवस्तुका बिभिन्न नाकामा तिहारलाई लक्षित गरी भित्राइएका ढेड लाख बढी मुल्यका पटाका बरामद गरिएको छ ।

सिमा क्षेत्रमा रहेका प्रहरी युनिटले चेकजाकाक्रममा सो पटाका बरामद गरेको हो । लुकिछिपी बिभिन्न नाकाबाट भित्राइएका पटाका बरामद गरिएको प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिनभयो ।

६७ हजारको झिरझिरे, ३० हजारको भुईचम्पा, आतिजबाजी ३१ हजार आलु बम २१ हजार गरी कुल ढेड लाख बबढी मुल्यका पटाका बरामद गरिएको हो ।

बरामद पटाकालाई तौलिहवा स्थित जिल्ला प्रहरी कार्यालयको परिसरमा पत्रकार सम्मलेन पछि गाडेर नष्ट गरिएको थियो । बढी नामा पाउने भएकाले ब्यापारीहरुले बिशेष गरी तिहारको समयमा चोर नाकाबाट पटाका भित्राउने गरेका छन ।

यसै बिच कपिलवस्तुको महाराजगंज नगरपालिकाको हर्दौना बिओपी पोस्टले २० हजार मुल्यको पटाका बरामद गरेको छ । बरामद गरेको पटाका पत्रकारहरुको राहोबरमा गाडेर नष्ट गरिएको बिओपीको प्रहरी निरीक्षक अशोक अधिकारीले जानकारी दिनुभयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,