Connect with us
Kapilvast Forest

नेकपामा विवाद बढेपछि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेटन शीतल निवास

२०७७, २९ कार्तिक शनिबारमा प्रकाशित

काठमाडौं- नेकपा सचिवालय बैठक बसेपनि नेताहरुबीच अन्तरविरोधी भावना बढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः सक्रियता देखाउनुभएको छ ।यही क्रममा आज राष्ट्रपति भण्डारीले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसंग भेट गर्नु भएको छ । आज साँझ प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेटन शीतल निवास पुग्नु भएको थियो ।

यसअघि पनि राष्ट्रपति भण्डारीले अध्यक्ष ओली निकट नेताहरुसँग छलफल गर्नु भएको शीतल निवास स्रोतले बताएको छ । तर कुन कुन नेताहरुसंग राष्ट्रपति भण्डारीले भेट गर्नु भएको हो भन्ने बारेमा स्रोतले केही खुलाउन चाहेन ।

पछिल्लो दुई दिनमा दर्जन बढी नेताहरुलाई भेटिसक्नु भएको उनको भनाइ छ । यसअघि, शुक्रबारको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ओलीमाथि गम्भीर आरोप लगाएपछि नेकपाभित्रको कलह उत्कर्षमा पुगेको छ ।

दुबै अध्यक्षले आफ्ना निकट नेता एवं कार्यकर्तासँग छलफल गर्दै कुनै पनि परिस्थितिका लागि तयार रहन निर्देशन दिँदै आएको अवस्थामा यो भेट भएको हो । राष्ट्रको अभिभावक रहनु पर्ने राष्ट्रपति आफ्नो पूर्व पार्टी नेकपा भित्रको आन्तरिक विवादमा प्रवेश गरेर विगतदेखि आलोचित हुँदै आउनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,