Connect with us
Kapilvast Forest

कपिलवस्तुका ४ सय ८५ बालिकालाई साइकल वितरण

२०७७, २९ कार्तिक शनिबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको दक्षिणी भेगमा बालिकाहरूले बीचमै पढाई छाड्ने समस्या बढ्दै गएको छ। उमेर बढ्दै जाँदा थपिने जिम्मेवारी, विद्यालय टाढा हुनु या बालविवाहका कारण : यहाँका बालिका र किशोरीहरू प्राथमिक तहसम्मको अध्ययन नै पूरा नगरी विद्यालय छाडिरहेका हुन्छन्‌।

कपिलवस्तुको महाराजगन्ज-११, वनगाइकी सुशीला पाशीले पाँच कक्षा पढ्दै गर्दा पढाइ छाड्नुपर्‍यो। उनका आमाबुवा स्थानीय इँटा भट्टाका काम गर्दै आएका थिए। अहिले सुशीला १३ वर्षकी भएकी छिन्‌।

​शिक्षकको गाली खाएर पढाइ छाडेकी पाशी दुई वर्षपछि विद्यालय जाने तयारीमा छिन्। विद्यालय जान साइकल पाएपछि दङ्ग हुँदै उनले भनिन्, ‘अब साइकल चढेर सधैँ विद्यालय जान्छु।’

छात्राहरूले कक्षा छाड्ने दर कम गराउनका लागी कपिलवस्तुका तीनवटा स्थानीय सरकारले सिद्धार्थ सामाजिक विकास केन्द्रसँग सहकार्य गरी साइकल उपहार दिन थालेका छन्‌। महाराजगन्ज नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकाले पढाइ छाडेका ४८५ बालिकालाई विद्यालयमा ल्याउने लक्ष्यसाथ साइकल वितरण गरेका हुन्‌।

तीन स्थानीय तह र संस्थाको संयुक्त लगानीमा साइकल उपहार गरिएको हो। महाराजगन्ज नगरपालिकामा १६९ जना, कृष्णनगर नगरपालिकाका १५६ जना र विजयनगर गाउँपालिकाका १५६ जना बालिकाले साइकल प्राप्त गरेका छन्।

साइकल पाएपछि खुसी हुँदै महाराजगन्ज ११ वनगाइकी गौरी चम्कटियाले भनिन्‌, ‘मैले एक कक्षा पढेपछि पढाइ छाड्नुपर्‍यो, मेरो बुवा बजारमा गई जुत्ता सिलाउने काम गर्नु हुन्छ। घरबाट विद्यालय टाढा भयो। आमाले विद्यालय जान रोक्नुभयो। पढ्न नपाउँदा धेरै दु:खी थिए। अहिले उडान कक्षा (विद्यालय बाहिर रहेका बाल बालिकाका लागी वैकल्पिक कक्षा) मा ६ महिना पढ्न पाएँ। अब विद्यालयमा भर्ना हुनेछु।’ अहिले १२ वर्षमा पुगेकी उनले कक्षा २ मा पढ्न जाने तयारी थालेकी छिन्।

महाराजगन्ज नगरपालिकाका मेयर अब्दुल कलामले बालिकालाई साइकल हस्तान्तरण गर्दै कम्तिमा पनि १२ कक्षासम्म पढ्नका लागि उत्प्रेरणा दिए। नगरका कुनै पनि बालिकालाई शिक्षाबाट वञ्चित नगराउनका लागी बालिकालाई साइकल उपहार दिएको मेयर कलामले बताए।

सिद्धार्थ सामाजिक विकास केन्द्रका सचिव रोमकान्त घिमिरेले पढाइ छाडेका र विद्यालय नगएका बालबालिकालाई नजिकको विद्यालयमा भर्ना गर्न संस्थाले प्रोत्साहन गरेको बताए। साइकल वितरणका लागि केयर नेपालको सहयोग रहेको थियो।

कपिलवस्तुमा अहिले सिकाइ सहजीकरण केन्द्रमार्फत पढाई शुरू भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,