Connect with us
Kapilvast Forest

स्वास्थ्यको ख्याल गरी तिहार मनाउन प्रदेश सांसद दवाडीको आग्रह

२०७७, ३० कार्तिक आईतवारमा प्रकाशित

गोरखा- नेपाली काँग्रेस गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले नेपालीहरुको दोस्रो महान चाड तिहार तथा तराईमा भव्यताका साथ मनाइने छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण देशबासीमा शुभकामना व्यक्त गर्नुभएका छ ।

नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रवक्तासमेत रहनुभएका सांसद दवाडीले आज शुभकामना सन्देश जारी गर्दै रङ्गीचङ्गी र खुशीयाली साथ मनाइने तिहार–२०७७ ले स्वदेश तथा विदेशमा रहनुभएका गोरखा क्षेत्र नं २, गोरखा जिल्ला, गण्डकी प्रदेश तथा देशबासी दाजुभाई दिदिबहिनीको सुस्वास्थ्य, सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

“नेपालमा मनाइने हरेक पर्वले हामी सम्पूर्ण नेपालीको आत्मसम्मान, विश्वबन्धुत्व, तथा आपसी मिलनको माध्यमबाट देश विकासमा टेवा पुग्ने विश्वास लिएको छु,”– सांसद दवाडीले भन्नुभयो ।

यस्तै, उहाँले विश्व समुदाय नै अहिले कोभिड–१९ को महामारीमा जुधिरहेको बेलामा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालना गरी पर्व मनाउन समेत आग्रह गर्नुभएको छ ।

सांसद दवाडीले नेपालमा मनाइने यस्ता चाडपर्वले नेपालसहित विश्वभर रहनुभएका नेपालीलाई कोरोना भाइरससँग लड्नसक्ने क्षमता र आत्मबल बढोस् भन्ने कामना गर्नुभएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,