Connect with us
Kapilvast Forest

कलाकार मनोज गजुरेल कोरोनामुक्त

२०७७, ३० कार्तिक आईतवारमा प्रकाशित

Manoj-Gajurel_1603796474.jpg

काठमाडौँ –हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणमुक्त हुनुभएको छ । ११ दिनको अस्पताल बसाइँ पछि आफू घर फर्किएर आराम गरिरहेको जानकारी गजुरेल आफैंले सामाजिक सन्जालमार्फत् दिनुभएको छ ।

“११ दिनको अस्पताल बसाइ पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन्,” गजुरेलले सामाजिक सन्जाल फेसबुकमा लेख्नुभएको छ । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्किने उहाँको भनाइ छ ।

यही कात्तिक १० गते उहाँको पीसीआर जाँचको रिपोर्टमा कोरोना संक्रमण देखिएको थियो ।घरमै आइसोलेसनमा बस्दै आए पनि अक्सिजनको मात्रा घट्दै गएपछि र फोक्सोमा पनि संक्रमण देखिएपछि उहाँलाई यही कात्तिक २० गते बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।

त्यहाँ गजुरलेलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । उच्चस्तरको उपचार सेवा दिएको भन्दै उनले सशस्त्र प्रहरीको नेपाल एपीएफ अस्पताल परिवार, अस्पताल परिवारका सबै सदस्यहरु र सबै शुभचिन्तकहरुलाई धन्यवाद दिनुभएको छ ।कोरोना महमारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन आह्वान गर्दै गजुरेलले दीपावलीको शुभकामना दिनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,