Connect with us
Kapilvast Forest

प्रचण्डको प्रस्ताव फिर्ता गराउन वामदेवलाई ‍ओलीको आग्रह

२०७७, ३० कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कार्यशैली सच्याउन सुझाव दिनु भएको छ।

आइवार बिहान बालुवाटारमा भएको भेटमा ओलीले गौतमलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रतिवेदन फिर्ताको पहल गर्न आग्रह गरेका थिए। तर, गौतमले बैठकबाट समाधान खोज्न सुझाएको उनका प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी दिनु भयो ।

यसरी छलफल गरेर प्रस्ताव फिर्ता हुँदैन। यसका लागि बैठक बसौं। बैठकमा यही प्रस्ताव राख्नुस् र छलफल गरौैं। प्रस्ताव भन्दा पनि मुख्य तपाईंको कार्यशैली सच्चिने कुरा हो। कार्यशैली सच्चियो भने प्रस्ताव नै गौण हुन्छ भन्ने कुरा उपाध्यक्षले राख्नुभएको छु, सुवेदीले भन्नु भयो ।

गौतमले ओलीलाई कार्यशैली सच्याएर पार्टीको निर्देशनमा सरकार चल्ने स्थिति बनाएमात्र प्रस्ताव फिर्ता हुने बताएका थिए। गौतमले ओली यही ढंगले प्रस्तुत भए प्रस्ताव फिर्ता नहुने चेतावनी समेत दिएका छन्।

कार्यशैली सच्याएर पार्टीको निर्देशनमा सरकार चलाउने स्थिति बनाउनुस्। यही ढंगले प्रस्तुत भए प्रस्ताव फिर्ता हुँदैन। यो पाँचै जनाको प्रस्ताव होु, गौतमको भनाई छ ।दुई नेताबीच एक घण्टा छलफल भएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,