Connect with us
Kapilvast Forest

बंगलादेशमा रहेका सबै फुटबल खेलाडीको कोरोना नेगेटिभ

२०७७, ३० कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं- दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टिमका सबै खेलाडीको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार टोलीका २५ खेलाडीसहित नेपाली टिमसबैको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

नेपालले शुक्राबार बंगलादेशसंग पहिलो मैत्रीपूर्ण खेल खेल्नुअघि एक खेलाडीलाई कोरोना पोजेटिभ देखिएको थियो । उहाँको पनि अहिले नेगेटिभ रिपोर्ट आएको एन्फाले जनाएको छ । उहाँछिटै टिममा जोइन हुने एन्फाले जनाएको छ ।

शनिबार नेपाली खेलाडी लगायत सबैको कोरोना परिक्षण गरिएको थियो ।अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिज अन्तर्गत नेपालले मंगलबार घरेलु टोली बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।यसअघि बंगबन्धु रंगशालामा शुक्रबार भएको पहिलो खेलमा नेपाल २(० ले पराजित भएको थियो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,