Connect with us
Kapilvast Forest

लक्ष्मीपूजाको दियोबाट आगलागी हुँदा किशोरीको मृत्‍यु

२०७७, ३० कार्तिक आईतवारमा प्रकाशित

death

वीरगञ्ज- पर्सामा घरमा बालिएको दियोबाट आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।शनिबार राति भएको आगलागीमा बहुदरमाई नगरपालिका – ८ रामनगरी बस्ने मनबोध साहकी छोरी १५ वर्षिया मनाकुमारी साहको मृत्यु भएको हो ।

लक्ष्मीपूजापछि घरमा बालिएको दियोबाट आगालागी भएको थियोे । आगलागी हुँदा घरमै सुतिरहेकी उनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरका अन्य सदस्यले भने भागेर ज्यान जोगाएका थिए ।

आगलागीबाट फुसको घरमा रहेको लत्ताकपडा, खाद्यान्नलगायतका सामग्रीहरु जलेर नष्ट भएको छ । करिब ५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । शव पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,