Connect with us
Kapilvast Forest

९७ लाख नगद चोरी गर्ने पक्राउ

२०७७, ३० कार्तिक आईतवारमा प्रकाशित

pakrau

चितवन- ९७ लाख नगद चोरी गर्ने एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।कालिका नगरपालिका–६ बस्ने ४० वर्षीय कविराज थापा पक्राउ परेको परेको प्रहरीले जनाएको छ ।

उनले यही कात्तिक २७ गते भरतपुर महानगरपालिका–९ काँडाघारीस्थित रहेको एपोलो पेन्ट्स प्रालिको भवनको कोठाभित्र रहेको सेफ लकर फुटाई नगद चोरेका थिए ।

थापा सोही एपोलो पेन्ट्स कम्पनीमा सेक्युरिटी गार्ड थिए । सेक्युरिटी गार्ड बस्ने क्वार्टर (भवन) मा निज कविराज थापा बस्ने कोठाभित्र खाटमुनि झोलाभित्र लुकाइछिपाई राखेको अवस्थामा नगद रु ५७ लाख र सोही भवनको उत्तरपट्टि पर्खाल नजिकै झाडीमा लुकाई प्लाष्टिकको बोराभित्र छिपाइराखेको अवस्थामा प्रहरीले नगद ४० लाख गरी रु ९७ लाख बरामद गरेको थियो ।

सोक्रममा चोरीमा प्रयोग भएका औजारहरूसमेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,