Connect with us
Kapilvast Forest

महामारीमा खटिएका स्वास्थ्यकर्मी आन्दोलित

२०७७, ३० कार्तिक आईतवारमा प्रकाशित

 

काठमाडौं – ‘बोल बोल कर्मचारी बोल !’ माइकमा सुनिएको एकल आवाजलाई साथ दिँदै सामूहिक आवाज निस्किन्छ, ‘स्वास्थ्यमन्त्री आँखा खोल !’फेरि एकल आवाज सुनिन्छ, ‘स्वास्थ्य मन्त्रालय कहाँ छ रु’ सामूहिक रुपमा आवाज आउँछ ‘तेरो कर्मचारी यहाँ छ रु’

टाउकोमा कालो पट्टी, हातमा ‘नालायक पधाधिकारी चाहिँदैन, कर्मचारीको सेवा सुविधा खोस्न पाइँदैन’ नारा लेखेका पम्प्लेटहरु । कोही सेतो एप्रोनमा त कोही अस्पताल पोशाकमा छन् ।

वीर अस्पतालका करिब ५०/६० जना कर्मचारी यसरी नै झण्डै एक महिनादेखि आन्दोलन गरिरहेका छन् । आन्दोलनमा सफाइ कर्मचारीहरुदेखि लिएर डाक्टरसमेत सहभागी छन् र आफूहरुले अस्पतालका १५०० कर्मचारीको प्रतिनिधित्व गर्ने बताउँछन् ।

उनीहरुको गुनासो छ, सेवा सुविधा कटौती गरेको र कोभिड जोखिम भत्ता उपलब्ध नगराएको । त्यही आन्दोलनमा भेटिए वीर अस्पतालका पूर्व निर्देशक डा। भुपेन्द्र बस्नेतले बताउनु भयो । उहाँका अनुसार जोखिम मोलेर काम गर्ने कर्मचारीलाई दिनुपर्ने भत्ता र सेवा सुविधा कटौती गरेकाले यो आन्दोलन भएको हो ।’

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,