Connect with us
Kapilvast Forest

हरेक ९ महिनामा सरकार परिवर्तन गर्न बानी परेकाहरु सल्बलाए : मुख्यमन्त्री पोखरेल

२०७७, ३० कार्तिक आईतवारमा प्रकाशित

Shankar-Pokhrel.jpg

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल हरेक ९ महिनामा सरकार परिवर्तन गर्न बानी परेका नेताहरु सल्बलाएको बताउनु भएको छ ।दाङको तुलसीपुर ४ गणेशपुरमा रहेका शान्ति उद्यान पार्कमा बुद्धको मुर्तिको अनावरण कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सरकार फेरपछि केही पाइन्छ कि भनेर सरकार फेर्न लागेको दाबी गर्नु भयो । उहाँले सरकार बदल्नु जनताको हितमा नरहेकोसमेत बताउनु भयो ।

उहाँले भन्नु भयो –‘यो देशमा धेरै सरकारहरु बदलिए । सरकार बदलिनु जनताको हितसँगको कुरा हो न त राष्ट्रको हितको कुरा हो।’मुख्यमन्त्री पोख्रेलले देशमा संविधान जारी भएपछि ३ वर्षमा धेरै प्रगति भएको भन्दै राम्रो गरिरहेको अवस्थामा ‘यो पनि भएन, त्यो पनि भएन’ भन्ने कुरा अस्थिरतामा खेल्न चाहनेहरुको खेल भएको दाबीसमेत गर्नु भयो ।

उहाँले भन्नु भयो ‘नेपाली जनता स्थायित्वको पक्षमा छन्। अहिले देशमा विगतका तुलनमा धेरै प्रगतिहरु छन्। अझ धेरै राम्रो गर्नु पर्नेछ। त्यसका लागि सबै साझेदार बन्नु पर्दछ।’

उहाँले देश बनाउने काम सरकारको मात्रै हो भनेर छोड्ने काम नगर्न आग्रह गर्दै सबै ठाउँका जनताले हाम्रो काम भनेर गरेपछि त्यहाँ सरकार जोडिने र देशको विकास हुने बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,