Connect with us
Kapilvast Forest

एक महिनामै ५३ करोडको ‘भाइ मसला’ आयात

२०७७, ३० कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं – यस वर्षको तिहारका लागि भाइमसला मात्रै ५३ करोड ७४ लाख रुपैयाँ बराबरको आयात भएको छ । कात्तिक १ देखि २७ गतेसम्म ५३ करोड ७४ लाख ७४ हजार ४२२ रुपैयाँ बराबरको भाइ मसलामा प्रयोग हुने खाद्य वस्तु तथा मसला आयात भएको विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिनुभयो ।

चार साता अवधिमा तिहारको भाइमसलामा प्रयोग हुने काजु, नरिवल, बखाम, अलमण्ड, ओखर, पिस्ता, खजुर, छोकडा, अजिर, किसमिस र सुपारी आयात भएको हो । विभागका अनुसार तिहारका लागि अति आवश्यक मानिने ओखर मात्रै १० करोड ५७ लाख ५१ लाख रुपैयाँ बराबरको तीन लाख ३९ हजार किलो भित्रिएको छ ।

यस्तै, ११ करोड ५९ लाख रुपैयाँ बराबरको १२ लाख ६९ हजार किलो नरिवल, १९ करोड ३५ लाख रुपैयाँ बराबरको दुई लाख ४६ हजार किलो काजु पनि चार साता अवधिमा आयात भएको छ ।

६ करोड २८ लाख रुपैयाा बराबरको ९३ हजार किलो बदाम र अलमण्ड पनि तिहारकै लागि नेपाल भित्रिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,