Connect with us
Kapilvast Forest

समृद्धि र जनताको सुखका लागि एकताबद्ध हुन प्रधानमन्त्रीको आह्वान

२०७७, १ मंसिर सोमबारमा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दूहरूको तिहार पर्व तथा भाइटीकाको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।

उहाँले आज शुभकामना सन्देश जारी गर्दै पर्व मान्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामा व्यक्त गर्नु भएको हो।

‘यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा मान जीवनका अनेक पक्षसँग गाँसिएका पशुपक्षी र वनस्पतिलाई सम्मानस्वरूप पूजा गर्ने प्रचलन छ।पाँच दिनसम्म मनाइने तिहारमा हरेकका घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको छ ’ प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीका कारण मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर यस वर्षको तिहार पर्व मनाउन आग्रह गर्नु भएको छ । साथै, उहाँले यसै अवसरमा राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकताबद्ध हुन सबैमा आह्वान गर्न भएको छ ।

एकतामार्फत् समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने विश्वाससमेत प्रधानमन्त्री ओलीले व्यक्त समेत गर्नु भएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,