Connect with us
Kapilvast Forest

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान घाइते

२०७७, १ मंसिर सोमबारमा प्रकाशित

accident

सनिउल्ला धोबी, कपिलवस्तु-
कपिलवस्तुको वाणगंगा नगरपालिका ५ कोपवामा मोटरसाइकल दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार ४० बर्षिय रामकली चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
वाणगंगा वडा नम्बर ११ मैरी बस्ने अनिरुद्ध चौधरीले चलाएको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुदा उनको श्रीमती रामकलीको मृत्यु भएको प्रहरी निरिक्षक दिनेश गुरुङले जानकारी दिनु भयो ।
मृतक चौधरीको श्रीमान अनिरुद्ध चौधरी समेत घाइते भएका छन । मोटरसाइकल चालक अनिरुद्ध प्रहरी नियन्त्रणमा रहेको प्रहरी निरिक्षक गुरुङले बताउनु भयो ।
कोपवा स्थित महेन्द्र माध्यमिक विद्यालय देखि २ सय मिटर पश्चिममा महिलाको शव देखेपछी आज विहान स्थानियले इलाका प्रहरी कार्यालय पिपरालाई खबर गरेका थिए ।
घटनापछि श्रीमान बाइक लिएर घर गएको र पछि अटो रिक्सा लिएर आउदा श्रीमतीको मृत्यु भएपछि भने प्रहारीलाई खबर नगरी घरमा गएको अनुशन्धानका क्रममा खुलेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,