Connect with us
Kapilvast Forest

तिहारको दिन खुसी साटदै तरुण दल र नेविसंघ

२०७७, १ मंसिर सोमबारमा प्रकाशित

कपिलवस्तु – बाणगङ्गा-२ बैजलपुर कपिलवस्तु ,
हिन्दुहरुको दोश्रो ठूलो महान चाड तिहार भाईटिकाको दिन सबै खानपिन नाचगान गरेर रमाईरहदा आफुहरुले समेत टीका लगाएपछी कसैको मन खाली नहोस भन्दै बाणगङ्गा-२ बैजलपुर सुकुम्बासीमा बसोबास गरिरहेका अति बिपन्न परिवारलाई खाद्यान्न लत्ताकपडा सहयोग गरि खुसी साटेका छन। बाणगङ्गा-२ बैजलपुर निवासी दिनेश थारुको परिवारमा आफू मात्र एक्लै बस्दै आइरहेका छन। दिनभरी काम गरि साझ खान पुग्ने नभए भोकै बस्न गरेका उनी आज तिहारको दिन तरुण दल र नेविसंघ गई उनिहरुले उनलाई आवस्यक चामल,दाल,नुन तेल,आलु,साबुन,बिस्तारा,सिरक, डसना सिरानी लगायत तिहारको कोशेली स्वरुप कुखुरा तिहारको रोटि लगायतका सामाग्री सहयोग गरेका छन। तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी र नेविसंघका छेत्रीय सभापति चन्द्रकान्त पोख्रेलको अगुवाइमा तरुण दलका छेत्रीय सभापति तिलक थापा,लक्ष्मि कुँवर,पवन थापा, सुशील सिंह ठकुरी,सुनिल सिंह ठकुरी लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो।उक्त कार्यक्रममा सामाग्रीहरुको सहयोग शिक्षक संघका चन्द्रकान्त पोख्रेल (CK), तरुण दलका जिल्ला सदस्य कृष्ण पराजुली,सुशील सिंह ठकुरी, पवन थापा,नेविसंघका राममणी पौडेल दिनेश छेत्री,हरि पुन लगायतले सहयोग गर्नुभएको थियो। कार्यक्रममा तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी ज्युले तिहारमा सबैको अनुहारमा खुसी ल्याउन र आजको यो महानपर्वमा पनि आफुहरुले ती बिपन्न परिवारमा पनि खुसी छाओस भन्दै सहयोग गरेको बताउनुभयो।
भने नेविसंघका छेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै तिहार जस्तो पर्वमा पनि आफुहरु मात्र मनाएर बस्न भन्दा पनि बिपन्न परिवारमा खुसी ल्याउन पर्छ भन्दै आजकै दिन उनिहरुको मनमा खुसी ल्याउन आफुहरुले सहयोग गरेको र आर्थिक रुपमा समस्यामा रहेको त्यो परिवारले पनि तिहार मान्न पर्व मान्न सहयोग होस भनेर आफुहरुले सहयोग गरेको बताउनुभयो।
कार्यक्रममा सहयोग पाईसकेपछी दिनेश थारुले खुसी ब्यक्त गर्दै परिवारमा कोहि नहुदा यसै त के चाड के खुसी केही नभएको बेला आज यसरी सहयोग गरिरहदा खुसी ब्यक्त गरेका थिए। आजसम्म आफुलाई कसैले नहेरेको र आज चाडपर्वको दिन यसरी सहयोग गरेको मा तरुण दल र नेविसंघलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो।उनको परिवारमा कोहि नभएको र आर्थिक स्थिति पनि नाजुक रहेको एउटा सुत्ने खाट समेत नरहेको साथै खानपनी दिनभरी काम पाए खाने नभए भोकै सुत्ने गरेका छन।सहयोग पाईसकेपछी उनलाई केही भएनि राहत मिलेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,