Connect with us
Kapilvast Forest

घोडाघोडी तालमा आइपुगे पाहुना चरा

२०७७, २ मंसिर मंगलवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

धनगढी-हरिहाँसका लागि प्रसिद्ध कैलालीको घोडाघोडी तालमा पाहुना चरा आइपुगेका छन् ।उपयुक्त आहाराको खोजी र जाडो छल्नका लागि मङ्गोलिया, साइबेरिया, उत्तरी चीनबाट आगन्तुक जलपक्षी घोडाघोडी ताल क्षेत्रमा आइपुगेका हुन । हिउँदमा कैयौं माइल उडेर आगन्तुक चरा यहाँ आइपुग्ने गरेका छन् । पाहुना चराको चिरबिर, चिरबिर आवाजले अहिले विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालको रौनक झनै बढेको छ ।

जलपक्षीका लागि राम्रो बासस्थान मानिने घोडाघोडी तालमा हिउँदमा देखिने आगन्तुक चराको चहलपहल बढेको चराविज्ञ हिरुलाल डङ्गौराले बताउनुभयो । ‘बसाइँ सरेर आउने आगन्तुक चराको चहलपहल बढेको छ’, उहाँले भन्नुभयो ।

घोडाघोडीमा जाडो याममा बसाइँ सरेर २९ प्रजातिका पाहुना चरा आउने गरेका छन् । यो वर्ष अहिलेसम्म कैलेटाउके हाँस, श्वेताँखीभौ, खडखडे हाँस, मरुल, ठूलो जलेवा, लघु राजपुत्रिका, चञ्चले, सुडसुडिया, रुख सुडसुडिया, टिमटिमा, वन सुडसुडिया, मसिनोठूँडे टिमटिमा आइपुगेका छन् । ‘जाडो याममा देखिने पाहुना चराहरु धेरै आइसके’, चराविज्ञ डङ्गौराले भन्नुभयो । ‘अझै आउनेक्रम जारी नै रहेको छ ।’ यो खबर आजको गोरखापत्रमा छापिएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,