Connect with us
Kapilvast Forest

आजदेखि खुलामञ्चसहित सार्वजनिक ठाउँमा खाना खुवाउन बन्द

२०७७, २ मंसिर मंगलवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं– आज (मङ्गलबार) देखि खुला ठाउँमा खाना खुवाउन बन्द हुने भएको छ । काठमाण्डौको खुलामञ्च तथा सार्वजनिक ठाउँमा निःशुल्क भोजन सेवा सञ्चालन नगरिने भएको हो ।

स्वास्थ्य चुनौती र कोरोना सङ्क्रमण फैलिने जोखिमका कारण खुला ठाउँमा खाना खुवाउन रोकेर बन्द संरचनाभित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गरिने भएको हो । काठमाडौं महानगरपालिका र भोजन सेवा सञ्चालन गर्ने संस्थाबीच बन्द संरचनाभित्र व्यवस्थित रूपमा सेवा सञ्चालन गर्ने यसअघि सहमति भएको थियो ।

सहमतिअनुसार अबदेखि भोजन खुवाउन वडा र महानगरको समन्वयमा व्यवस्था गर्ने र खुलामञ्चलगायत सार्वजनिक ठाउँमा निःशुल्क भोजन खुवाइने छैन । असहाय, अशक्त र शारीरिक रूपमा काम गर्न नसक्नेलाई मानव सेवा आश्रममा खान, बस्न तथा स्वास्थ्य उपचारको प्रबन्ध गरिएको र आवश्यक समन्वयका लागि नजिकका वडा कार्यालय वा सिधै आश्रममा सम्पर्क गर्न काठमाण्डौ महानगरपालिकाले अनुरोध गरेको छ ।

मानव सेवा आश्रम काठमाण्डौ महानगरपालिकाको सहकार्यमा सञ्चालित छ । आश्रमका अध्यक्ष रामजी अधिकारीले निःशुल्क भोजन गराउनु पर्नेलाई सेवा दिन तयार रहेको बताउनुभयो । उहाँका अनुसार देशका २२ शाखामार्फत झण्डै एक हजार दुई सय जनाले निःशुल्क भोजनको सेवा पाइरहेका छन् ।

काठमाडौं महानगरपालिकाले पनि सबै सामाजिक सङ्घ संस्थालाई बन्द संरचनाभित्र सेवा सञ्चालन गर्न आग्रह गरेको छ । त्यसका लागि महानगरपालिका तथा वडा कार्यालयबाट आवश्यक समन्वय र सहयोग हुने महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो ।

महानगरपालिकाले कोरोनाका कारण रोजगारी गुमाएका तर श्रम गर्न सक्नेलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि २०७७ बमोजिम रोजगारी उपलब्ध गराउने भएको छ । काम गर्न सक्नेलाई रोजगारी दिने तथा शारीरिक र मानसिक रूपमा अशक्तलाई परिवारमा बुझाउने वा त्यो सम्भव नभए लालनपालन, औषधाेपचारसहित संरक्षण गर्ने पनि मेयर शाक्यले बताउनुभयो ।

खुलामञ्चमा गएको चैत १४ गतेदेखि निःशुल्क खाना खुवाउँदै आएको संस्था हाम्रो टिम नेपालका संयोजक विमल पन्तले महानगरपालिकासँग समन्वय गरी निःशुल्क भोजन व्यवस्थित रूपमा खुवाउने बताउनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,