Connect with us
Kapilvast Forest

विहारको मुख्यमन्त्रीका रुपमा नितिश कुमारको लगातार चौथो कार्यकाल सुरु

२०७७, २ मंसिर मंगलवारमा प्रकाशित

भारतको विहार प्रदेशको मुख्यमन्त्रीका रुपमा नितिश कुमारले लगातार चौथो कार्यकालको शुभारम्भ गरेका छन्। जनता दल युनाइडेटका अध्यक्ष समेत रहेका नितिश कुमारले सोमबार सपथ ग्रहण गरेर कार्यकाल सुरु गरेका हुन्। उनको अहिलेको लगातारको कार्यकाल चौथो पटक भएपनि मुख्यमन्त्री भने उनको यो सातौ पटक हो। सपथग्रहण समारोहमा केन्द्रीय गृह मन्त्री अमित शाह, भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रकाश नन्दालगायतका विशिष्ट व्यक्तिहरु सहभागी भएका थिए।

नीतिश कुमार भारत गणराज्यको बिहार प्रान्तको वर्तमानको मुख्यमन्त्री हुनुहुन्छ। उहाँले सन २००५मा मुख्यमन्त्री पदको भार सम्हालेपछि बिहार धेरै विकासको काम भएको छ।

उनले आफ्ना उप मुख्यमन्त्रीका रुपमा भारतीय जनता पार्टीका तार्किशोर प्रसाद र रेणु देवीलाई नियुक्त गरेका छन्। उनीहरुलाई पनि सपथ ग्रहण गराइएको छ।
प्रदेश संसदमा प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको राष्ट्रिय जनता दल (आरजेडी)ले भने सपथ ग्रहण समारोह बहिस्कार गरेको छ। आरजेडीको सामाजिक सञ्जाल ट्वीटरमा लेखिएको छ, ‘जनताको अभिमत एनडीएका विरुद्धमा थियो, तर सरकार त्योभन्दा उल्टो पक्षबाट बनाइयो, त्यसैले हामीले सपथ ग्रहण समारोह बहिस्कार गरेका हौँ।’

हालै भएको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) र मुख्यमन्त्री नितिश कुमारको पार्टी राष्ट्रिय जनता दल (आरजेडी) सहितको राष्ट्रिय लोकतन्त्रवादी गठबन्धन (एनडीए)ले नै बहुमत प्राप्त गरेको छ। तर दलको रुपमा भने पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादवको नेतृत्वमा रहेको राष्ट्रिय जनता दल ७५ सिटसहित सबभन्दा ठूलो पार्टी बनेको छ। सवैभन्दा ठुलो पार्टी बनेर पनि सरकार बनाउन नपाएकाले उनीहरुले सपथ ग्रहण समारोह बहिस्कार गरेका हुन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,