Connect with us
Kapilvast Forest

नेपाल-भारत सीमाबाट चरेससहित दुईजना पक्राउ

२०७७, २ मंसिर मंगलवारमा प्रकाशित

पर्सा- प्रहरीले नेपाल भारत सीमा पर्साको वीरगञ्जबाट लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । चरेससँगै पर्सा वीरगञ्ज महानगपालिका–२ छपकैया बस्ने २८ वर्षीय अभिषेक श्रीवास्तव र वीरगञ्ज–५ वयुका २३ वर्षीय धीरज पटेल पक्राउ परेका हुन् ।

नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा शंका लागि उनीहरुको शरीर खानतलास गर्दा ४ किलो ९०० ग्राम चरेस बरामद भएको वडा प्रहरी कार्यालय विर्ता, पर्साका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजेशराज पुरीले रातोपाटीलाई जानकारी दिए ।

‘वीरगञ्ज महनगरपालिका–१६ स्थित नेपाल भारत सीमाको मितेरी पुल नजिकै सडकमा हिँडिरहेको अवस्थामा उनीहरुले खुट्टामा लुकाएर चरेस भारत लैजान खोजेका थिए,’ इन्सपेक्टर पुरीले भने, ‘पटेलको साथबाट २ केजी ४५० ग्राम र श्रीवास्तवको साथबाट २ केजी ४५० ग्राम चरेस फेला परेको हो ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,