Connect with us
Kapilvast Forest

कपिलवस्तुमा हिन्दु बहिनीले लगाइन मुस्लिम दाजुलाई तिहारको टिका

२०७७, २ मंसिर मंगलवारमा प्रकाशित

कपिलबस्तु-कपिलबस्तुका मुस्लिम समुदाय एक व्यक्तिले हिन्दु धर्म अन्तर्गत मनाइने तिहार मनाउँदै आएका छन् । उहाले यस वर्षको तिहारमा पनि हिन्दु परम्परा अनुसार भाइटिका लगाएका छन् । उहाले हिन्दु एक महिलाबाट टिका लगाएका हुन् ।

जिल्लाको विजयनगर गाँउपालिका वडा नं–२ बगहियाका महोमद हनिफ धुनिया मुस्लिम समुदायको भए पनि हिन्दूहरूको तिहार पर्व अति नै मनपर्ने हुनाले मनाउँदै आएको बताउँछन् । तिहार पर्व दाजुभाइ र दिदी बहिनीहरूको आत्मिएता जोड्ने पर्व भएको हुनाले विगत आठ वर्षदेखि तिहारको सप्तरङ्गी टिका लगाउँदै आएको उहाले बताउनु भयो । शिवराज नगरपालिका वडा नं –५ हेलोडिया निवासी यमकला भट्टराइको माइतमा गई उहाले टिका ग्रहण गरेका छन् ।

उहाले भट्टराइका ३ दाजुभाई सँगै बसेर सोमबार परेको तिहारमा पनि बहिनी यमकलाको हातबाट टिका, माला, र ढाका टोपीमा सजिएर भाइटिका मनाएका थिए। भट्टराइको माइती बस्याल भएको र आफू पनि सोही परिवारको सदस्य जस्तै लागेको हुनाले बहिनी मानेर तिहारको सप्तरङ्गी टिका लगाउँदै आएको बताउनु भयो । यमकलाले आफ्ना दाजुभाइ जस्तै मानेर हरेक वर्ष उनलाई संगै राखेर तिहार पर्व मनाउने गरेको बताउनु भयो ।
पर्वहरु विशेषगरी धर्म र समाज अनुसार रहेका र मनाउने गरिन्छ । तर,फरक धर्म र समुदायका मानिसहरुले पनि अर्को धर्म वा समुदायको पर्वलाई सहर्ष स्विकारी सम्मानका साथ मनाउँदा धार्मिक सहिष्णुता र स्वतन्त्रता झल्किन्छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,