Connect with us
Kapilvast Forest

सचिवालय बैठक सार्न ओलीको प्रस्ताव, प्रचण्डद्वारा अस्वीकार

२०७७, २ मंसिर मंगलवारमा प्रकाशित

oli

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक सार्न प्रस्ताव गर्नुभएको छ । बुधबारका लागि तय भएको बैठक केही दिन पर सार्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रस्ताव गर्नुभएको हो ।

पार्टीमा देखिएको विवाद समाधानका लागि गत कात्तिक २८ गते शुरु भएको सचिवालय बैठक भोलि (मंसिर ३ गते) प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी तय भएकाे थियाे । स्रोतका अनुसार अध्यक्ष ओलीको प्रस्तावका बारेमा भोलिको बैठकमै निर्णय गर्नुपर्ने भन्दै बैठक सार्न कार्यकारी अध्यक्ष प्रचण्डले अस्वीकार गर्नुभएको छ ।

कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले प्रस्तुत गर्नुभएको १९ पृष्ठ लामो प्रस्तावमा ३ गतेको बैठकमा छलफल हुनुपर्ने उहाँको अडान छ, तर ओली पक्षले भने त्यो प्रस्ताव फिर्ता नभएसम्म सचिवालय बैठक बस्न नसक्ने बताएका छन् ।

दुबै अध्यक्षको सहमतिमै बैठकको मिति तय भएकाले बैठक रोक्न नहुने र बहुमत सदस्यको उपस्थिति भएमा बैठक सुचारु हुनुपर्नेमा कार्यकारी अध्यक्षलगायत पाँच जना सचिवालय सदस्यको अडान रहेको स्रोतले बताएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,