Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा रोजगारी गुमाएकाहरु यसरी बन्दै छन स्वरोजगार

२०७७, २ मंसिर मंगलवारमा प्रकाशित

अर्घाखाँची- अर्घाखाँचीका स्थानीय तहहरुले बेरोजगार भई स्वदेश तथा विदेशबाट घर फर्किएका यहाँका नागरिकलाई कृषि र पशुपालनका माध्यमबाट स्वरोजगार बनाउन विभिन्न कार्यक्रम ल्याएका छन् ।

कृषिमा आधुनिकीकरण, व्यावसायीकरण र उपकरणमुखी कृषि प्रणालीको विकास गर्न कृषकलाई बीउबिजन सहयोग गर्नेदेखि लिएर उत्पादन भएको तरकारी बजार पु¥याउनेसम्मका योजना अघि सारेका छन् र यसका लागि बजेट विनियोजन पनि गरेका छन् ।

सन्धिखर्क नगरपालिकाले यस वर्ष कृषि र पशुपालनका लागि रु सात करोड ८७ लाख बजेट विनियोजन गरेको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसालले जानकारी दिनुभयो । नयाँ हाटबजार निर्माणका लागि समेत रु दुई करोड रकम बजेट विनियोजन गरेको छ । गएको दुई वर्षमा कृषि पेशालाई यान्त्रिकरण गर्न र किसानले नयाँ प्रविधि अपनाउन भनेर उनीहरुलाई ३० ओटा मिनी टिलर अर्थात हाते ट्याक्टर वितरण गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।

दुई सय ५० थान टनेल, थोपा सिँचाइ १०० सेट, २०० माहुरीका घार वितरण गरेको छ । करिब ५२ क्विन्टल मकैको बीउ र २६ क्विन्टल गँहुको बीउ, मौसमी तथा बेमौसमी तरकारीको बीउ दुई हजार प्याकेट र च्याउको बीउ ६०० प्याकेट ५० प्रतिशत अनुदानमा वितरण गरेको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराइले जानकारी दिनुभयो । गतवर्ष कृषि र पशुपालनमा रु एक करोड २० लाख बजेट विनियोजन भएको थियो ।

गएको दुई वर्षमा सन्धिखर्क नगरपालिकाले नश्ल सुधारका लागि ३६ ओटा बोयर बोका, छ वटा उन्नत जातका राँगा वितरण गरेको नगरपालिकाका पशु शाखा प्रमुख प्रकाश न्यौपानेले बताउनुभयो । उन्नत जातका घाँसका बीउ मलासेस, ब्रसिम, जै, घाँसलगायतका घाँस ९ क्विन्टल वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
त्यसैगरी ४४ वटा गाईभैँसीको गोठ सुधार, दुई ओटा कुखुराको खोर सुधार र छ ओटा बाख्राको खोर सुधारका कार्यक्रम सञ्चालन गरेको थियो ।

शीतगङ्गा नगरपालिकाले यसवर्ष कृषि र पशुपालनका लागि रु तीन करोड रकम बजेट विनियोजन गरेको छ । कृषकको मागमा आधारित कार्यक्रम सञ्चालन गर्न तथा उत्पादनमा आधारित अनुदान रकम वितरण गर्न बजेट विनियोजन गरेको नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले बताउनुभयो ।

प्रत्येक वडामा कृषि र पशुपालनका लागि भनेर रु एक लाख ५० हजारका दरले १४ वडामा बजेट पठाइएको छ । नगरपालिकाको कूल बजेट रु तीन करोड रहेको नगरप्रमुख अधिकारीले जानकारी दिनुभयो । नगरपालिकाले स्थानीय जातको कुखुराको मासु, कागती कफी र केरामा पनि बिक्रीको आधारमा अनुदान दिने निर्णय गरेको छ । गतवर्ष शीतगङ्गा नगरपालिकाले उत्पादनमा आधारित अनुदान रकम मात्र ७५ लाख वितरण गरेको छ । गतवर्ष कृषिमा यान्त्रिकरण गर्न नगरपालिकाले ५० ओटा मिनी टिलर पनि कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको नगर उपप्रमुख टिका रेग्मीले जानकरी गराउनुभयो । माहुरीका घार पनि ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको नगरपालिकाले जनाएको छ । भूमिकास्थान नगरपालिकाले कृषिमा रु ४५ लाख र पशुपालनका लागि समान रु ४५ लाख विनियोजन गरेको छ । सङ्घ र प्रदेशबाट आएकासमेत गरी कृषि र पशुपालनमा झण्डै रु तीन करोड बजेट रहेको भूमिकास्थान नगरपाकिलाका नगर प्रमुख रेशम थापाले जानकारी दिनुभयो ।

नगरपालिकाले गत वर्ष कृषक तथा कृषक समूहको मागका आधारमा १५ हजार कागतिका बिरुवा, ९० ओटा टनेल, १७३ वटा माहुरीका घार र मकै छोड््याउने मेसिन ८ वटा पनि वितरण गरेको नगरपालिकाका कृषि शाखा प्रमुख रामबहादुर थापाले बताउनुभयो । पशुपालनलाई व्यवस्थित गर्न १५ ओटा भकारो सुधार र सिँचाइको लागि सात वटा सिमेन्ट पोखरी समेत कृषकको घर गाउँमा निर्माण गरेको छ । कोरोनाले गर्दा विदेशमा रोजगारी गुमाएर फर्किएका युवालाई कृषि पेशामा आवद्ध गराउने खालका कार्यक्रमहरु यस वर्ष सञ्चालन गर्न पर्याप्त बजेट छुट्याइएको नगरपालिकाका नगर उपप्रमुख खडानन्द बेल्बासेले बताउनुभयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,