Connect with us
Kapilvast Forest

सुआरेजले बार्सिलोनाविरुद्धको खेल खेल्न नपाउने

२०७७, २ मंसिर मंगलवारमा प्रकाशित

Luis Suarez

एजेन्सी – उरुग्वेली फरवार्ड लुइस सुआरेजले एटलेटिको म्याड्रिडले बार्सिलोनाविरुद्ध खेल्ने शनिबारको स्पेनिस ला लिगाको खेल खेल्न नपाउने भएका छन ।

उरुग्वेको राष्ट्रिय टोलीमा रहेका सुआरेजलाई कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै खेल गुमाउन परेको हो

उरुग्वेको फुटबल महासंघले सुआरेजसँगै टोलीका अन्य दुई सदस्यलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो । सुआरेजलाई संक्रमण भएपनि कुनै लक्षण भने देखिएको छैन ।

उरुग्वेले मंगलबार नै विश्वकप छनोट अन्तर्गत महत्त्वपूर्ण खेलमा ब्राजिलको सामना गर्दैछ । सुआरेजले यो खेलसँगै शनिबार ला लिगामा हुने बार्सिलोनाविरुद्ध खेल पनि गुमाउने भएका छन्। सुआरेज यसै सिजनको सुरुवातमा बार्सिलोना छाडेर एटलेटिको आएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,