Connect with us
Kapilvast Forest

टिपर खोलामा खस्यो, चालकको मृत्यु

२०७७, २ मंसिर मंगलवारमा प्रकाशित

पाल्पा- निस्दी गाउँपालिका–७ ज्यामिरेमा टिपर दुर्घटना हुँदा चालकको आज मृत्यु भएको छ ।

ज्यामिरेको भुटुकेबाट चुनढुङ्गा बोकेर सर्दीतर्फ जाँदै गरेको ना ८ ख ७९०५ नम्बरको टिपर मोटेखर्क खस्रेनी खोलामा दुर्घटना भएको थियो ।

दुर्घटनामा चालक सिन्धुपाल्चोक जिल्ला चौतारा नगरपालिका १३ का ४० वर्षीय पूर्णबहादुर श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको रुप्सेभञ्ज्याङ्ग प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक डेढबहादुर थापाले जानकारी दिनुभयो ।

सामानसहितको टिपर सडकबाट करिब १० मिटर तल खसेको थियोे । घटनाको बारेमा थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,