Connect with us
Kapilvast Forest

नेसन्स लिगमा स्पेनसँग जर्मनकी लज्जास्पद हार

२०७७, ३ मंसिर बुधबारमा प्रकाशित

Germany-Spain.jpeg
प्रतिनिधिमुलक तस्विर

एजेन्सी– यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले लस्जास्पद हार ब्योहोरेको छ ।लिग अन्तर्गत समूह ए४ को अन्तिम खेलमा स्पेनले जर्मनीमाथि ६(० को शानदार जित हात पारेको छ ।

एकपक्षीय भएको खेलमा स्पेनका लागि फेरान टोरेसले ह्याट्रिक गर्नु भयो । यस्तै रोड्री, मिकेल ओयाराज्बाल र अल्भारो मोराटाले १(१ गोल गर्नु भयो ।खेलको १७औँ मिनेटमा स्पेनले अग्रता बनायो । फाबियन रुइजको कर्नरमा मोराटाले हेडमार्पत गोल गर्नु भयो ।३३औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै अग्रता दोब्बर पारे ३८औँ मिनेटमा स्पेनले ३(० को अग्रता बनाउन सफल भयो ।

दोस्रो हाफमा जर्मनीले डिफेन्डर परिवर्तन गरे पनि खेल राम्रो हुन सकेन ।५५औँ मिनेटमा टोरेसले व्यक्तिगत दोश्र गोल गर्न सफल रहनु भयो । टोरेसले नै ७१औँ मिनेटमा ह्याट्रिक पूरा गर्नु भयो ।

९०औँ मिनेटमा जोसे गयाको पासमा ओयारज्बालले सहजै गोल गर्दै ६(० को जित पक्का गर्नु भयो ।जितसँगै स्पेनले यूईएफए नेसन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।स्पेनले ६ खेलमा ११ अंक जोड्यो । दोस्रो स्थानको जर्मनीको ६ खेलमा ९ अंक छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,