Connect with us
Kapilvast Forest

उत्कर्षमा नेकपा विवाद : गुटगत अडान यथावत, सचिवालय अनिश्चित

२०७७, ३ मंसिर बुधबारमा प्रकाशित

nekapa
प्रतिनिधिमुलक तस्विर

काठमाडौं-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय देखिएको विवादले आज दिउँसोका लागि बोलाइएको सचिवालय बैठक अनिश्चित बन्ने संकेत देखिएको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली यसअघि तय भएको बुधबारको सचिवालय बैठक सार्ने पक्षमा देखिनु भएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तोकिएको मितिमा नै सचिवालय बैठक हुनु पर्ने मागमा अडिगरहनु भएको छ ।

गत शुक्रबार भएको सचिवालय बैठकमा एकल रुपमा राजनीतिक प्रतिवेदन राखेको भन्दै ओलीपक्षले यसको विरोध गर्नु भएको थियो । प्रचण्डले पार्टी एकताको सम्झौता र पार्टी कार्यान्वयनको विधिलाई मिचेको आरोप छ । उहाँहरुले प्रस्ताव फिर्ता लिन माग गर्नु भएको छ ।

तर, प्रचण्ड र उहाँनिकट नेकपाका नेताहरु माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाललगायतले प्रचण्डको राजनीतिक प्रतिवेदनमा आफ्नो पनि समर्थन रहेको बताउनु भएको छ ।

यी पाँच नेता एक ठाउँमा उभिएपछि सचिवालयमा अल्पमतमा परेका प्रधानमन्त्री ओली यसअघि तय भएको बैठकमा उपस्थित हुन चाहँदैनन् । र यो बैठक सार्नु पर्ने सन्देश नै प्रचण्डलाई पठासक्नु भएको छ।

मंगलबार विहान ओलीको सन्देश बोकेर प्रचण्ड निवास खुमलटार पुगेका नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पनि प्रचण्डलाई केही दिनका लागि सचिवालय बैठक सार्न ओलीले अनुरोध गरेको सुनाउनु भएको थियो ।

तर, यसअघि तय भइसकेकाले बैठक सार्न हुँदैन भन्ने प्रचण्डको तर्क थियो, जे हुन्छ र जे विषयमा छलफल गर्नु पर्ने हो, त्यही विषयमा छलफल गर्न पनि बैठक चाहिने उहाँले पौडेललाई जवाफ दिनु भएको थियो ।यी अडान र तर्कविकर्तकाबीच आज बस्ने भनिएको सचिवालय बैठक हुने(नहुने अनिश्चित भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,