Connect with us
Kapilvast Forest

नेकपा सचिवालय बैठक बस्ने समयमै प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक अवहान

२०७७, ३ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्ने समयमै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । आज दिउँसो १ बजे नेकपा सचिवालय बैठक बोलाइएको छ । सोही समयमै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो ।

बालुवाटार स्रोतका अनुसार मंगलबार राति मन्त्रीहरुलाई बैठकबारे जानकारी दिइएको थियो । तर, बैठकका एजेण्डाबारे मन्त्रीहरु पनि जानकार छैनन् । सातामा प्रायस् सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गरेको छ । यसपटक सोमबार तिहार परेको थियो ।

आजै दिउँसो १ बजे नेकपाको पनि सचिवालय बैठक बस्दैछ । बैठक बालुवाटार वा पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भन्नेचाहिँ अझै तय भने भएको छैन ।

कात्तिक २८ को सचिवालय बैठकमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पेस गर्नुभएका प्रस्ताव तथा पत्रमाथि ३ मंसिरमा छलफल गर्ने तय भएको थियो । तर, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बुधबारको सचिवालय बैठक सार्न प्रयास गर्दै आउनुभएको थियो ।

अध्यक्ष ओलीको सन्देश लिएर पार्टी महासचिव विष्णु पौडेल मंगलबार बिहान अध्यक्ष दाहालकहाँ पुग्नुभएको थियो । प्रचण्डले प्रधानमन्त्री उपस्थित नभए पनि बुधबार बैठक बस्ने अडान राखेपछि पौडेल फर्किनुभएको थियो ।

कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहनु अध्यक्ष ओलीको आलोचना गर्दै १९ पेजको प्रस्ताव पेश गरेका थिए । त्यो प्रस्ताव प्रचण्डको एकल नभएकोले प्रचण्डसहित सचिवालयका पाँच जना सदस्यहरूले बताउँदै आएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,