Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाए पनि सचिवालय बैठक रोकिन्न : प्रवक्ता श्रेष्ठ

२०७७, ३ मंसिर बुधबारमा प्रकाशित

naryan kaji

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक दिउँसो एक बजे बालुवाटारमा बस्ने बताएका छन् । प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल मार्फत् सचिवालय बैठक निर्धारित समयमै बस्ने जानकारी दिनु भएको छ ।

दिउँसो एक बजे नै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएपछि प्रवक्ता श्रेष्ठले सचिवालय बैठक नरोकिने उल्लेख गर्नु भएको छ । ‘हाम्रो पार्टीको केन्द्रीय सचिवालयको बैठक पूर्वनिर्धारित कार्यक्रम अनुसार आज अपरान्ह १ बजे बालुवाटारामा बस्दैछ’, प्रवक्ता श्रेष्ठले लेख्नु भएको छ । गत शुक्रबार बसेको सचिवालय बैठकले आज एक बजे बैठक बस्ने समय तय गरेको थियो ।

तर, त्यही समय प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । एकै समयमा सचिवालय र मन्त्रिपरिषद् बोलाइएपछि शनिबारयता लगातारको भेटवार्तापछि पनि सहमति जुट्न नसकेको संकेत दिएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,