Connect with us
Kapilvast Forest

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

२०७७, ३ मंसिर बुधबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

जलेश्वर -पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवासमा बुधबार बिहान तेल बोकेको ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका–१० बस्ने २६ वर्षीय आशालाल परियार छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले घटनामा दाजुको मृत्यु भएको र नाम नखुलेको भाइको अवस्था सामान्य छ ।

बुधबार बिहान तेल बोकेर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३५२१ नं को ट्याङ्करले बर्दिबासस्थित भावना पेट्रोल पम्पबाट मोटरसाइकलमा तेल भरेर निस्कँदै गरेको ग ९ प५३२१ नं को मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

ट्याङ्करको ठक्करबाट गम्भीर घाइते आशालाललाई उपचारका लागि बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा लगिएकामा त्यहीँ मृत्यु भएको थियो । शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ । ठक्कर दिने टयाङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,