Connect with us
Kapilvast Forest

महासंघले गर्यो उम्मेदवारको नामावली सार्वजनिक

२०७७, ३ मंसिर बुधबारमा प्रकाशित

udhyog

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४ औं वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति चयन गर्नका लागि मतदाताको सूची सार्वजनिक गरेको छ । महासंघले आज पहिलो पटक आसन्न मतदाताहरूको सूची सार्वजनिक गरेको हो । निजी उद्यमी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्यको साधारणसभा तथा निर्वाचन यहि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।

निर्वाचन कार्यतालिका अनुसार यो पहिलो चरणको तालिका भएकोले यसका केही परिवर्तन हुन सक्ने बताइएको छ । जिल्ला नगर तर्फ प्रदेश नम्बर १ बाट २३ मतदाताको सूची तयार भएको छ । प्रदेश २ बाट १३, प्रदेश ३ बाट १६, प्रदेश ४ बाट १३ र प्रदेश ५ बाट २२ संघहरूले मतदान गर्न पाउने छन् । । महासंघले प्रदेश ६ बाट १० र प्रदेश ७ बाट १० गरी जिल्ला नगरतर्फका कुल १०७ मतदाताहरूको सूची सार्वजनिक गरेको छ ।

वस्तुगततर्फ १०१ संघहरूको सूची सार्वजनिक गरिएको छ । द्विराष्ट्रिय उद्योग वाणिज्य संघतर्फ १२ संस्थाहरू सूचीमा छन् । एसोसिएटतर्फ कुल ९२३ संस्थाको सूची सार्वजनिक गरिएको छ भने कतदान गर्न पाउने १२ संस्थापक सदस्यहरूको नामावली सार्वजनिक गरिएको छ ।

संस्थाको नाम मात्र सार्वजनिक गरिएको जनाएको निर्वाचन समितिले कतिपय संघ संस्थाहरूको सदस्यता नवीकरण तथा प्रतिनिधि विवरण आउने क्रम जारी रहेको जनाएको छ । मंसिर ११ गते बिहानसम्ममा मतदाताहरूको सदस्यता नवीकरण तथा प्रतिनिधि मनोनयनको काम पुरा गर्न महासंघले सबै मतदाताहरुलाई अनुरोध गरेको छ ।

उल्लेखित सूची महासंघमा आवद्ध सबै सदस्यहरूको सूची हो । निर्वाचन सचिवालयले धेरै संघ संस्थाहरुबाट प्रतिनिधि मनोनयन भएर आइसकेको र बाँकी संस्थाहरूबाट आउने क्रम जारी रहेको जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,