Connect with us
Kapilvast Forest

नेकपा सचिवालय बैठक सुरू, ओली पनि सहभागी

२०७७, ३ मंसिर बुधबारमा प्रकाशित

nekapaa-1.jpg

काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक शुरु भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा १ बजे सुरू भएको बैठकमा प्रथम अध्यक्ष केपी शर्मा ओली पनि सहभागी रहनु भएको छ । बैठक सार्ने प्रयास असफल भएपछि ओली पनि बैठकमा सहभागी हुनु भएको हो ।

सचिवालय बैठककै समयमा मन्त्रिपरिषद बैठक राखेका ओलीले त्यसलाई एक घण्टापछि अपराह्न २ बजेलाई सार्नु भएको छ । सचिवालय बैठकमा सहभागी हुनअघि ओलीले आज पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नु भएको छ ।

आफूविरूद्ध एक पक्षीयरूपमा राजनीतिक प्रस्ताव छलफलमा पुगेपछि ओली दबाबमा रहनु भएको छ । उहाँले मंगलबार राति पनि राष्ट्रपति भण्डारीलाई भेट्नुभएको थियो ।

पार्टी फुट नजिक पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार कार्यकारी अध्यक्ष दाहाललाई मिलेर अघि बढ्न सुझाव दिनु भउको थिया
पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबाट सुरू भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि फुट नजिक पुगेको छ ।

बहुमत सचिवालय सदस्यको दबाबपछि गत कात्तिक २८ गते शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीविरूद्धको राजनीतिक प्रस्ताव छलफलमा लगेका छन् । जसमा ओलीले पार्टी र सरकारको नेतृत्वमा त्याग देखाउन पर्ने उल्लेख गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,