Connect with us
Kapilvast Forest

शैक्षिक विकल्प अपनाएर कृष्ण्नगरका गर्ल्स कलेज शनिवार देखि संचालनमा आउने

२०७७, ३ मंसिर बुधबारमा प्रकाशित

 

कृष्णनगर-कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फिया र आयशा गर्ल्स कलेज झण्डानगरमा शनिवार मंसीर ६ गतेदेखि पुनः सञ्ंचालनमा आउदै छ। कोभिड–१९ महामारीको कारणले लामो समयदेखि बन्द रहेको कालेज आउदो शनिवारदेखि पुनः संचालनमा आउन लागको हो ।

कोभिड–१९ महामारीबाट बिद्यार्थी, अभिभावक, कलेजका प्राध्यापक तथा कर्मचारी सबैलाई बचाउनाको लागि समग्र समुदायका जनताको स्वास्थ्यप्रति ख्याल गर्दै कलेज बन्द गरिएका कलेजमा कक्षा सञ्चालनको लागि नेपाल सरकारले जारी गरेको निर्देशिकको पालन गर्दै पुनः कक्षा संचालन गर्न निर्देशन दिएको कालेजका प्रवक्ता मौलाना मसहूद खान नेपालीले जानकारी दिनु भयो ।

बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा “विद्यालय जानबाट बञ्चित बालबालिकाका लागि बढ्दो असमानता, कमजोर स्वास्थ्य अवस्था, हिंसा, बाल श्रम तथा बालविवाह आदि लगायत कैयौं दीर्घकालीन जोखिमहरु हुने सम्भावना रहेको पनि जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरका अध्यक्ष समीम अहमद नदवीले बताउनु भयो ।

यी सबै कुरालाई ध्यानमा राखेर नेपाल सरकारले पुनःकक्षा संचालन गर्नको लागि जारी गरेको निर्देशनको पालन गर्दै कलेजले पुनः कक्षा सञ्चालन गर्न लागिरहेको उहाँले बताउनु भयो ।

आयशा सिद्दीका ग्रल्स कालेज कक्षा सञ्चालनका सात विकल्पहरु अपनाएको छ ।
१-सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने ।

२- अलग–अलग समय ९सिफ्ट०मा अलग–अलग कक्षा वा तह सञ्चालन गर्ने ।

३- विद्यालय खुल्ने तथा कक्षा सञ्चालनको अवधि र घण्टी छोट्याउने ।

४- जोखिम र सहजता हेरी तल्ला कक्षालाई पहिले वा माथिल्लो कक्षा पहिले शुरु गर्ने ।

५- कुनै दिन केही कक्षा र कुनै दिन बाँकी अरू कक्षा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने ।
६- एउटै कक्षाका केही विद्यार्थीलाई फरक सिफ्ट वा फरक दिन र बाँकी विद्यार्थी अर्को दिन वा सिफ्टमा हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने । ७- हप्तामा केही दिन वा दिनमा केही घण्टा कक्षा सञ्चालन गर्ने ।

जति धेरै समय बालबालिका विद्यालय जाँदैनन, उनीहरू फेरी विद्यालय फर्किने सम्भावना त्यति नै कम हुँदै जान्छ। सुरक्षित समय आउनासाथ हामीले विद्यालय पुनःसञ्चालन गर्न सकेनौं भने यसबाट शिक्षामा अपुरणीय क्षति हुने सम्भावना रहेको पनि अहमद खाँले बताउनु भयो ।

जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर र आयशा गर्ल्स कालेज झण्डानगरका पदाधिकारीहरुले लिएको निर्णयको सम्म्मान गर्दै अलसल्फियाका प्रधानाध्यापक डां अब्दुलगनी अलकुफीले पदाधिकारीहरुलाई बधाई दिदै भने – उक्त कालेजका बिद्यार्थी, शिक्षक र अन्य कर्मचारीहरुले पूर्ण सावधानी कासाथ र अनिवार्य रुपमा फेस मास्कको प्रयोग गरी पदाधिकारीहरुले लिएको निर्णयको सम्मान गर्दै शनिवारका दिन उपस्थित हुन अनुरोध गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,