Connect with us
Kapilvast Forest

नेदरल्याण्डसलाई पछि पारि इटाली नेशन्स लिगको फाइनल्समा

२०७७, ४ मंसिर बिहीबारमा प्रकाशित

एजेन्सी-नेदरल्याण्डसलाई पछि पारेर इटाली युरोपियन नेशन्स लिग फुटबलको फाइनल्समा पुगेको छ ।समूह ए थ्री अन्तर्गत बुधबार राति भएको खेलमा नेदरल्याण्डसले पोल्याण्डलाई २–१ ले पराजित गरे पनि फाइनल्समा स्थान बनाउन सकेन ।

नेदरल्याण्डसका लागि ७७ औँ मिनेटमा पाएको पेनाल्टीमा मेम्फिस डिपे तथा ८४ औँ मिनेटमा जर्जिनिओ विनाल्डमले गोल गर्नु भयो । त्यसअघि पोल्याण्डका लागि पाँचौँ मिनेटमा रोबर्ट लेवान्डोस्कीको सहयोगमा कामिल जोज्विकले गोल गर्नु भएको थियो ।

जितपछि नेदरल्याण्डसको ११ अंक भयो । तर बुधबार राति नै भएको खेलमा बोज्निया–हर्जगोविनालाई २–० ले पराजित गरेको इटाली एक अंकले अघि रहँदै फाइनल्समा स्थान बनाउन सफल भयो ।

अवे मैदानमा भएको खेलमा इटालीलाई जिताउन बेलोती र बेरार्डीले गोल गर्नु भयो । इटाली १२ अंकसहित समूहको शीर्ष स्थानमा रहन सफल भयो ।

नेशन्स लिग अन्तर्गत बुधबार राति भएका अरु खेलमा कोसोभोले माल्डोभालाई १–०, चेक गणतन्त्रले स्लोभाकियालाई २–०, इजरायलले स्कटल्याण्डलाई १–०, हंगेरीले टर्कीलाई २–० तथा सर्बियाले रुसलाई ५–० ले पराजित गरेका छन् ।यस्तै अस्ट्रिया र नर्वे तथा उत्तरी आयरल्याण्ड र रोमानियाले १–१ तथा ग्रिस र स्लोभेनियाले गोलरहित बराबरी खेलेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,